प्रदेश सरकारहरू प्रदेशको सरकारी पैसामा कसले सबैभन्दा धेरै सवारी साधन किन्ने भन्ने प्रतिस्पर्धा उत्रिएको देखिएको छ । आफ्नो कार्यकालमा प्रदेशको आर्थिक तथा भौतिक विकास र जनजीवन सुधारमा भन्दा बढी सवारी किन्नमै बल गरेको देखिएको हो ।महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५८औँ वार्षिक प्रतिवेदनमा पाँच प्रदेशको ध्यान सवारी किन्नमै देखिएको छ । प्रदेश १ र २ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेश यो दौडमा देखिएका हुन् ।जसमध्ये मापदण्ड नै मिचेर सबैभन्दा धेरै सवारीसाधन किन्ने दौड