विराटनगरमा दुई दिने प्रदेश १ स्तरीय बृहत् वाङ्मय सङ्गोष्ठी–२०७८ सुरु भएको छ । प्रदेश सरकार र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल प्रज्ञा–प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित गोष्ठीमा प्रदेश १ का १४ जिल्लाका साहित्यकारहरू सहभागी छन् । गोष्ठी दुई दिनसम्म चल्नेछ । गोष्ठीमा विभिन्न ६ विधामा कार्यपत्र प्रस्तुत हुनेछ । प्रस्तुत हुने कार्यपत्रहरुमा प्रा.डा.टेकबहादुर श्रेष्ठले नेपालको इतिहासका परिप्रेक्ष्यमा प्रदेश नम्बर १ को वैशिष्ट्यबारे, शिवनारायण पण्