प्रदेश १ सरकारले मन्त्रालय फुटाउने तयारी गरेको छ ।
गठबन्धनको सरकार रहेको प्रदेशमा सबैलाई समेट्नका लागि मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको प्रदेश सरकार मन्त्रालय फुटाउने तयारीमा लागेको हो ।
७ मन्त्रालय रहेको प्रदेशमा ९ देखि ११ सम्म मन्त्रालय बनाउने तयारीमा प्रदेश सरकार रहेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाउने तयारीमा प्रदेश सरकार रहेको छ ।
मन्त्रालय फुटाउँदा आर्थिक भार बढ्ने भन्दै विरोध भइरहेका बेला प्रदेश सरकार भने मन्त्रालय फुटाउने तयारी...