प्रदेश १ का निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश सरकार हराएको आरोप लगाएका छन् ।
शुक्रवार संसद् सचिवालयमा पत्रकार भेटघाटमा बोल्दै उनले ३ महिना बित्दा पनि प्रदेश सरकार नदेखिएकोले खोजी गर्न थालेको बताएका हुन् ।
गत कात्तिक १६ गते आचार्यले राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए । कोरोनाको महामारीका बेला पनि सरकार भने कुम्भकर्ण निदाए जसरी निदाएकाले सरकार कहाँ छ भनेर खोजी गर्न थालेको उनको भनाइ छ ।
प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाएर १२ पुर्...