नेकपा माओवादी केन्द्रले ललितपुर महानगरको उपमेयरमा नाम सिफारिस भएको छ । महानगर कमिटीको शुक्रबार बसेको बैठकले सर्वसम्मत रुपमा उप मेयरमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । सत्ता गठबन्धनबाट ललितपुर मेयर काँग्रेसको भागबण्डामा परेपछि उप मेयरमा माओवादीका बज्राचार्यको नाम सिफारिस भएको छ । बज्राचार्य माओवादी ललितपुर महानगर कमिटीका अध्यक्ष समेत हुन् । यसअघि काँग्रेसबाट मेयरमा चिरिबाबु महर्जन र उप मेयरमा गीता सत्याल निर्वाचित भएकी थिइन् ।