काठमाण्डाै - पालिका चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिस हुन थालेको छ । कतिपय ठाउँमा सर्वसम्मत रुपमा नाम सिफारिस भएका छन् भने धेरै ठाउँमा आकाङ्क्षी सबैको नाम सिफारिस गरिएको छ ।
एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार सिफारिस हुनुभएको छ । ललितपुर महानगर कमिटीले व्यञ्जनकारलाई मेयरका लागि सिफारिस गरेको हो । व्यञ्जनकार २०७४ को चुनावमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित हुनुभएको थियो ।
यस्तै, एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदीको ...