प्रदेश २ मा ‘जनता आवास’ कार्यक्रमको घर निर्माण अलपत्र

जनकपुरधाम : प्रदेश  २ मा संघीय सरकार र प्रदेश सरकार बीचको संरचना परिवर्तन भएपछि साउनदेखि ‘जनता आवास’ कार्यक्रम अलपत्र परेको छ। प्रदेश २ सरकारमा गरिब, विपन्न, तथा सिमान्तकृत समुदायलाई लक्षित गर्दै घाम, पानी तथा शीत लहरबाट जोगउन संघीय सरकारले ल्याएका ‘जनता आवास’ प्रदेश र संघीय सरकारको समन्वयन ...

सम्बन्धित सामग्री

प्रदेश २ सरकारले ६१० विपन्न परिवारको लागि घर निर्माण गरिदिने

जनकपुरधाम । प्रदेश २ सरकारले ६१० जना गरीब र विपन्न परिवारको लागि घर निर्माण गरिदिने भएको छ । त्यसका लागि नेपाली काँग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न […]

वीपी प्रतिष्ठानमा संक्रमितको उपचारमा लापरबाही भएको आरोप

जेठ ४, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारमा आएका कोरोना संक्रमित बिरामीहरुको उपचारमा लापरबाही हुने गरेको बिरामीका कुरुवाहरुले आरोप लगाएका छन् । प्रतिष्ठानको कोभिड–१९ अस्पताल ‘लेभव थ्री’ को अस्पताल हो । अस्पतालमा सुविधायुक्त १०० बेड रहेका छन् । दक्ष जनशक्ति परिचालन गरेर कोभिड संक्रमित बिरामीको उपचारमा लागिरहेको दाबी अस्पतालले गर्दै आएपनि बिरामीका कुरुवाहरुले भने उपचारमा लापरबाही भएको आरोप लगाउँदै आएका छन् ।  छोरालाई कोरोना संक्रमण पुष्टि भए भएपछि कोभिड अस्पतालमा उपचार गराईरहेका ताप्लेजुङका छविराम नेपालीले कोभिड अस्पतालमा व्यवस्थापन फितलो हुँदा बिरामीको राम्रो उपचार नभएको गुनासो पोखे । उनले भने, ‘मैले ११ वर्षको छोरा कोभिड भएर ल्याएको एक हप्ता भयो, अस्पतालले खासै हेर्ने गरेको छैन, धेरै लापरबाही छ ।’  यस्तै गुनासो सप्तरीका जगदिश कुसहवाको पनि छ । बुबालाई कोभिड भएर स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि प्रतिष्ठान ल्याए पनि चिकित्सक तथा नर्सहरुले राम्ररी नहेर्ने गरेको उनले बताए । उनले भने, ‘बिरामीको अवस्थाका बारेमा बेलाबेलामा आफन्तलाई जानकारी गराउनु पर्ने भएपनि त्यस्तो जानकारी नगराउने सोधिहाले पनि राम्ररी जवाफ नदिने प्रवृति कोभिड अस्पतालमा रहेको छ, यो सुधार हुनुपर्छ ।’ उनले बिरामीका आफन्तले पठाइदिएको खाना समेत बिरामीलाई समयमै नदिने, औषधि समयमै नदिने लगायतका गैर जिम्मेवारी काम कोभिड अस्पतालमा भएको गुनासो गरे । बिरामीलाई समयमा खाना नदिने र बिरामीको अवस्थाको बारेमा कुरुवालाई राम्ररी जानकारी नदिने गरेको उनीहरुको भनाइ छ । बिरामीको उपचारमा ध्यान नदिएको गुनासो एकातिर छ भने अर्कोतिर बिरामीका कुरुवाहरुलाई खान र बस्नको पनि समस्या हुन थालेको छ । कोभिड अस्पतालका लागि कुरुवा घर निर्माण भए पनि पानी परेको बेला समस्या हुने गरेको सप्तरीका बिरामीका कुरुवा विद्यानन्द साह बताउँछन् ।  पानी परेको समयमा पालले थेग्न नसक्दा समस्या हुने गरेको उनको भनाइ छ । लकडाउनका कारण बाहिर होटलहरु बन्द हुँदा खानाको पनि समस्या हुने गरेको छ । केही दिन यता धरान १७ स्थित एक संस्थाले खानाको व्यवस्था गरिदिए पछि राहत मिलेको उनी बताउँछन् । उनले भने, ‘कुरुवाहरुलाई बस्नसँगै खानाको पनि समस्या हुन थालेपछि खानाको व्यवस्था सचेत नागरिक समूह धरान–१७ ले निःशुल्क गरिदिएको छ, यसले हामीलाई धेरै सहज भएको छ ।’ यता प्रतिष्ठान व्यवस्थापनले भने कोभिड अस्पतालमा राम्रो व्यवस्थापन रहेको दाबी गरेको छ । प्रतिष्ठानका सह प्रवक्ता चुरामणि पोख्रेलले बिरामीको उपचार प्रभावकारी रुपमा भइरहेको दावी गरे ।  उनले बिरामीको मनोबल उच्च राख्नको लागि काउन्सिलिङ गराउने, योगा गराउने, पोषिला खानेकुरा खुवाउने लगायतको कार्य निरन्तर रुपमा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘साना तिना समस्या होलान् तर बिरामीलाई गर्ने व्यवहार लगायत उपचारमा कुनै कमी भएको छैन, यसमा कोभिडमा खटिएका सबै गम्भीर छन् ।’ प्रतिष्ठानमा प्रदेश १ र प्रदेश २ का सबै संक्रमित बिरामी उपचार सेवा लिन प्रतिष्ठान आउने गरेका छन् । प्रतिष्ठानमा हालसम्म १ हजार ३९८ जना भर्ना भएका छन् भने १ हजार १२ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।  कोरोनाको दोस्रो लहर देखा परेसँगै प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १६५ जना पुगेको छ भने हाल प्रतिष्ठानमा ६५ जना कोभिड संक्रमितको उपचार भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

पक्की घरको आशा देखाएर उजाडियाे डोम बस्ती

जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश- २ सरकारले सिरहामा करिब ४ सय अल्पसंख्यक भूमिहीन डोम समुदायका लागि माथि टिनको छानो र शौचालय भएको दुई कोठे पक्की घर निर्माण लागेको हो

मन्त्री प्रभु साहद्वारा प्रदेश २ सरकारको आलोचना

रौतहट । नेपाल सरकारका सहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको आलोचना गरेका छन् । उनले प्रदेश २ को सरकार विपन्न र दलित विरोधी रहेको आरोप लगाए ।  रौतहटको कटहरियास्थित मुस्लिम अगुवासँग कुरा गर्दै मन्त्री साहले मदरसालाई पनि सरकारी अधिकार दिलाउने र रौतहटमा मुस्लिम युनिभर्सिटी स्थापना गर्ने प्रतिवद्धता जनाए । संघीय सरकारले बर्सेनि अरबौं रुपैयाँ दलितहरुको भवन निर्माणका लागि पठाउँदा पनि प्रदेश सरकारको नालायकीपनको कारण दलितको घर निर्माण हुन नसकेको उनले बताए । कम्युनिस्ट सरकारले मुस्लिम

प्रदेश २ सरकारले दलित आवास निर्माण गर्ने

धनुषा - प्रदेश २ सरकारले दलितहरुका लागि दलित आवास निर्माण गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकबाट प्रदेशका आठ वटै जिल्लामा प्रत्येक जिल्ला गरी सयको दरले दलित आवास घर निर्माण गर्ने निर्णय गरिएको जनाइएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सप्तरीबाट सुरुवात हुने दलित आवास निर्माण ...