२७ पुस, हेटौंडा । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गरेका छन् । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाले उनलाई सभामुखको उम्मेदवार बनाएको हो । उनको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल छन् । […]