रौतहट घटना : प्रहरी हेडक्वार्टरले बनायो छानविन समिति

रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कुमार महत नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए । समितिमा प्रहरी प्रधान कार्यालय कानुन शाखा र साइबर ब्यूरोका अधिकृत सदस्य छन् । साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रीन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका पत्रका

सम्बन्धित सामग्री

व्यावसायिक वातावरण नबन्दाको परिणति

मुलुकमा व्यवसाय गरिखान कति कठिन छ भन्ने कुराको उदाहरण ३ दिनमा भएका तीनओटा आत्महत्याले देखाएको छ । व्यवसायीहरूले आत्महत्या गर्नुपर्ने दिन आउँछ भन्दै बारम्बार सरकारको ध्यानाकर्षण गराए पनि सरकार कानमा तेल हालेर बस्यो । त्यसैको परिणति यस्तो आत्महत्या भइरहेका छन् । कति व्यवसायीले आत्महत्या गरे भन्ने तथ्यांक सरकारसँग छैन तर यो समस्या भयावह बन्न सक्ने देखिएको छ । उधारो विक्रीको बाध्यता र त्यसले व्यावसायिक चक्रमा पर्ने असरबारेमा व्यवसायीको कुरा नसुन्दा नै यो घटना भएको हो भन्न सकिन्छ । मंगलवार प्रधानमन्त्रीको कारकेड चलिरहेकै बेला शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा व्यावसायिक जीवनका असफलतालाई बुँदागत रूपमा लेखेको स्टाटस व्यापक रूपमा शेयर भइरहेको छ । उनको आत्मदाहको घटनाले अहिले पूरै मुलुक तरंगित भइरहेको छ । पहिलो त उनले आत्मदाह गर्न लाग्दा कारकेड अगाडि बढिरहेको देखिन्छ र नजिकै प्रहरी पनि देखिन्छन् तर तिनले उनको उद्धारमा तदारुकता देखाएको पाइँदैन । केही सेकन्डमात्रै चाँडै उद्धार गर्न सकेको भए एउटा व्यवसायीको जीवन बच्न सक्थ्यो । आत्मदाह रोक्न नसकेको प्रहरीले जर्किन र बोतलमा पेट्रोल डिजेल बेच्न नपाउने भनेर जारी गरेको सूचना अर्को बेतुकको देखिन्छ । किसानले चलाउने हाते ट्र्याक्टरमा डिजेल हाल्न जर्किनमै बोक्नुपर्ने हुन्छ । डिजेलबाट चल्ने पम्पसेट होस् वा राइस मिल तिनका लागि पनि खुला रूपमा किन्नैपर्ने हुन्छ । तर, नरहे बाँस नबजे बाँसुरी भनेझैं सरकारले खुला विक्रीमा प्रतिबन्ध लगाएको छ । आत्महत्या गर्नेले जे सहज मान्छ त्यसैको प्रयोग गर्छ, त्यस्तो वस्तुको विक्री वा प्रयोगमा बन्देज लगाउनु मूर्खता नै हो । सरकारको काम त कारण खोजेर त्यसको समाधान दिनु हो । आचार्यको आत्मदाहको कारण खोज्न सरकारले छानविन समिति बनाएको छ । समिति बनाउनु उपयुक्त भए पनि यो जनस्तरमा देखिएको व्यापक आक्रोशलाई शान्त गर्न मात्रै हो भन्ने स्पष्ट हुन्छ किनभने आचार्यले जुनजुन कुरा उठाएका छन् त्यसबारे बारम्बार व्यवसायीहरूले सरकारसँग माग गर्दै आएका थिए । उनको आत्महत्याको एउटा कारण उधारो विक्रीको रकम नउठ्नु हो । उधारो विक्रीका कानुन ल्याउन निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाले बारम्बार आवाज उठाइरहेका छन् । आर्थिक अभियानले पनि यसको आवश्यकताबारे आवाज उठाउँदै आएको हो । उधारो विक्रीको बाध्यता र त्यसले व्यावसायिक चक्रमा पार्ने असरबारेमा व्यवसायीको कुरा नसुन्दा नै यो घटना भएको हो भन्न सकिन्छ । कानून आएको भए उधारो नतिर्नेहरू भागेर हिँड्न पाउँदैनथे, तिनले केही ढिलो भए पनि उधारो तिर्नै पर्दथ्यो । तर, दुर्भाग्य सरकारले व्यवसायीको कुरामा चासो दिएन । त्यतिमात्र होइन, व्यवसायीहरूले व्यवसाय गर्ने वातावरण भएन, गरिखाने वातावरण भएन सरकारले त्यो वातावरण बनाउनुपर्छ भन्दा कुनै पनि राजनीतिक दल र सरकार गम्भीर भएनन् । विकास निर्माणका मुद्दा पनि सार्वजनिक खपतका विषयमात्रै बने । सत्ताप्राप्तिको खेलबाहेक अन्य विषयमा संसद् र सरकारले गम्भीर बैठक र छलफल गरेको समेत पाइएन । कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण भत्किएको आपूर्ति शृंखला र त्यसले निम्त्याएको महँगी, ब्याजदर वृद्धिजस्ता पक्षमा अर्थविद् र व्यवसायीहरूले सरकारलाई बारम्बार ठोस कदम चाल्न र उपयुक्त रणनीति तय गर्ने भने पनि सरकारको चासो सत्ताभन्दा बाहिर जान सकेन । विराटनगरका अर्का व्यवसायी मोहनप्रसाद न्यौपानेले पनि आफ्नै घरमा आत्महत्या गरेका छन् । यो आत्महत्याको सम्बन्ध पनि व्यावसायिक असफलतासँग जोडिएको छ । त्यस्तै गत सोमवार छिन्नमस्ता गाउँपालिकामा रामदेव मरिकले पनि आत्महत्या गरेका थिए । बैंकको ऋण तिर्न नसक्दा उनले आत्महत्या गरेको बताइन्छ । यस्तो दुर्घटना अरू पनि भएका छन् । तर, यी घटनामा भने सरकारले चासो दिएको छैन । आचार्यको परिवारले आत्महत्या दुरुत्साहनविरुद्ध सरकारकै विरुद्ध मुद्दा दायर गर्ने भएपछि सरकारले आफूलाई चोखो देखाउने प्रयत्न गरेको छ । व्यवसायको असफलतामा व्यवसायीको पनि केही कमजोरी पक्कै हुन्छ । तर, सरकारको असहयोगका कारण यस्तो परिस्थिति आउँछ भने त्यसको नैतिक जिम्मेवारी सरकारले लिनैपर्छ । आत्महत्या गरेकाहरूले व्यवसाय गर्न जानेनन् भन्ने ओठे जवाफ फर्काउनुको साटो यस्तो अवस्था किन आयो र अब के गर्दा समस्या समाधान हुन्छ भन्नेतर्फ समाजशास्त्रीय दृष्टिकोणले सूक्ष्म अध्ययन गरी स्पष्ट योजना बनाउनु अहिलेको आवश्यकता हो ।

दुई जना कैदीबन्दी भागेको विषयमा छानविन गर्न समिति गठन

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदी फरार भएको विषयमा छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले समिति गठन गरेको छ ।प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो । छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो, स्थलगत रुपामा खटी गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।उपचारका लागि क्ष

लेटाङ घटना : एसएसपीको नेतृत्वमा छानविन समिति गठन

एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटनाको छानविन गर्न चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको हो । उक्त समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने बिसीको भनाइ छ । चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । &ls

महोत्सवमा तोडफोड र आगजनी प्रकरणः प्रशासनद्वारा छानविन समिति गठन

बर्जु घटनाको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलवार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु

मोतिपुरमा प्रहरी दमनप्रति सुकुम्बासी संगठनको विरोध, गृहमन्त्रीको राजीनामा माग

काठमाडौं । नेपाल भूमिहीन सुकुम्बासी संगठनले रुपन्देहीको मोतिपुरमा हिजो भएको घटनाप्रति आपत्ति जनाउँदै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा मागेको छ । संगठनका अध्यक्ष शान्ता चौधरीले विज्ञप्ति जारी गर्दै स्वतन्त्र न्यायिक छानविन समिति गठन माग गरेकी छिन् । ‘सो घटना अमानवीय, गैरकानूनी भएको ठहर गर्दै घटनाको सत्य तथ्य जाँचबुझ गर्न नेपाल मानव अधिकार आयोग, नागरिक समाज, पत्रकार […]

कोरोना संक्रमित कुटपिटको छानविन गर्न समिति गठन

कोरोना संक्रमित एक व्यक्तिलाई कुटपिट गरेको घटना छानविन गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ ।

बच्चा च्यापेकी महिला कुट्ने प्रहरी निरीक्षकमाथि छानविन सुरू

काठमाडौं : नेपाल प्रहरीका एक प्रहरी निरीक्षकले बच्चा च्यापेकी महिलामाथि निर्घात लाठी वर्षाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जनआक्रोश बढ्दै गएपछि घटनाबारे छानबीन गर्न ललितपुर प्रहरीले उपरीक्षक दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति बनाएको छ। घटना ललितपुर भैँसेपाटीको हो। नेपाली सेनाका एक पूर्वरथीको घरअगा...

सशस्त्रको ट्रकमा भएको काठ तस्करी छानविन गर्न समिति गठन

संखुवासभा : सशस्त्र प्रहरीको ट्रकमा अवैध रूपमा सखुवाका काठ तस्करी भएको घटना छानविनका लागि तीन सदस्यी छानविन समिति गठन भएको छ। गत सोमबार धनकुटाको मुलघाटबाट अरुण गुल्म सशस्त्र प्रहरी चैनपुरको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर अवैध ढंगले सखुवाको काठ धरानतर्फ लैजाँदै गर्दा पक्राउ परेको थियो।  घटना यस्तो थियो सशस्त्र प्...