महोत्सवमा तोडफोड र आगजनी प्रकरणः प्रशासनद्वारा छानविन समिति गठन

बर्जु घटनाको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलवार महोत्सवका क्रममा भएको तोडफोड र आगजनीको घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु