नेपाल शल्य चिकित्सक समाजको १३ औँ राष्ट्रिय सम्मेलन आजदेखि भैरहवामा सुरु भएको छ । कात्तिक २६ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बङ्गलादेशका शल्य चिकित्सक गरी तीन सय बढीले सहभागिता जनाउने आयोजकको भनाइ छ । नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डा.सुनिलकुमार शर्मा ढकालले स्वास्थ्य उपचारको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको शल्यक्रिया सम्बन्धमा रहेको खोज, अनुसन्धान, ज्ञान र सीपलाई ठोस रुपमा विश्लेषण गरी सुविधालाई अझ परिस्कृत र उन्नत बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बता