पोखरामा प्रथम न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु

पोखरा । न्यायिक समितिको आयोजनामा पोखरामा राष्ट्रिय सम्मेलन सुरु गरेको छ । सम्मेलनमा देशैभरिका २ सयभन्दा बढी समिति संयोजक सहभागी छन् । संविधानले स्थानीय तह उपप्रमुख/उपाध्यक्ष न्यायिक समितिको संयोजक हुने व्यवस्था गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी छिन् । सम्मेलनमा पोखरा न्यायिक समितिले गरेको न्यायिक सम्पादनको छोटो डकुमेन्ट्रीसमेत देखाइएको थियो । पोखरा […]

सम्बन्धित सामग्री

न्यायिक समिति लोकतन्त्र र सभ्यताको वाहक : राष्ट्रपति भण्डारी

कास्की – राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समिति लोकतन्त्र र सभ्यताको वाहक भएको बताउनुभएकाे छ । आज साेमवार पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु गर्दै राष्ट्रपति भण्डारीले समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको बताउनुभयाे । उहाँले पहिले–पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकाेमा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको उल्लेख गर्नुभयाे ।  राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पीडकलाई दण्ड र जरिबाना गर्ने कुरा ठूलो भएको भन्दै यसमा गाम्भीर्यता आवश्यक रहेकाे बताउनुभयाे ।   ...