पाकिस्तानको दोस्रो धेरै जनसंख्या भएको सहर लाहोर विषाक्त हावाका कारण बन्द भएको छ । सिएनएन अनुसार सहरमा एयर क्वालिटी इन्डेक्स ४०० भन्दा बढी पुगेपछि स्कुल, सार्वजनिक पार्क, मल र कार्यालयहरू बन्द गरिएको थियो। पञ्जाब प्रान्तका मुख्यमन्त्री मोहसिन नक्वीले स्थिति सुधार नभएसम्म तीन सहर गुजरनवाला, हाफिजाबाद र लाहोरमा वातावरणीय र स्वास्थ्य आपतकाल लगाइएको बताए।सार्वजनिक र निजी यातायात द्वारा यी क्षेत्रहरूमा र त्यहाँबाट मानिसहरूको सीमित आवागमन हुने नक्वीको कार्यालयबाट जारी एक विज्ञप्तिमा भनिएको छ।