अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोप जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएका बताइएको छ