संघमा दरबन्दी हुँदाहुँदै स्थानिय निकायमा पठाइएका कर्मचारीलाई संघमै समायोजन गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालले सो आदेश गरेका हुन् ।संघ रोजेकालाई दरबन्दी हुँदाहुँदै स्थानीय निकायमा समायोजनमा पठाइएका ३४ जना कर्मचारीलाई अदालतले संघमै समायोजन गर्न भनेको छ । संघमा कार्यरत कर्मचारीले २०७५ मा समायोजन गर्दा ‘संघमा बस्न पाउँ’ भनेर निवेदन दिएका थिए । तर, सरकारले उनिहरुलाई दरबन्दी नभएको भन्दै स्थानिय निकायमा समायोजन गरेको थियो