सरकारले काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गर्ने भएको छ । साथै सरकारले काठमाडौ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अगाडी बढाउने भएको छ । मंगलबार सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने बताएकी हुन् । त्यस्तै सरकारले काठमाडौ उपत्यकाभित्र पहिचान गरिएका स्थानहरूलाई नयाँ शहरका रुपमा विकास गरिने जनाएको छ ।