२२ वैशाख, काठमाडौं । अहिले काठमाडौं उपत्यकाका अधिकांश निर्माण साइट बन्द छन् । निषेधाज्ञा लागेपछि श्रमिक घर फर्किएका छन् भने ठेकदारहरु पनि सवारीको पास र काम जारी राख्ने अनुमति नपाएको भन्दै हात बाँधेर बसेका छन् …
१३ असोज, काठमाडौं । यतिबेला काठमाडौंका गाडी तथा मोटरसाइकल शोरुमहरुमा नियमितभन्दा बढी चहलपहल छ । दशैंमा नयाँ दुईपांग्रे तथा चारपांग्रे सवारी चढ्न चाहनेहरु विभिन्न शोरुममा पुगिरहेका छन् । ग्राहकलाई गाडी छान्ने र बिक्रेताहरुलाई डेलिभरी दिने चटारो छ । कोभिड–१९ महामारी रोक्न गत वैशाखदेखि असारसम्म गरिएको निषेधाज्ञामा बन्द भएको अटोबजार त्यसपछि चलायमान छ । दशैं नजिकिएपछि […]
दाङ । कोरोनाको दोस्रो लहरसँगै दाङमा निषेधाज्ञा जारी छ । निषेधाज्ञामा पनि कृषकलाई खेतीपातीको चटारो छ । मकै खेती सकाएका किसानले धान खेतीको तयारी थालेका छन् ।
पानी परेपछि केही राहत महसुस गरेका किसान अब धान खेतीका लागि धानको बीउ र मलको जोहोमा लागेको कृषक कृष्ण चौधरीले बताए । तुलसीपुरको एग्रोभेटमा...
म्याग्दी । तीव्ररूपमा फैलिएको कोरोना सङ्क्रमण र यसलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ ।
जिल्लाका बरंजा, गौश्वारा, सिम लगाएतका सिंचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो साताको सुरुवातदेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्र भन्दा बढी ग्रामिण क्षेत्रहरु अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु भएकाले स्थानीय कृषकले नाक,मुखमा मास्क र खल्तीमा सेनिटाइजर सहित धान रोप्न व्यस्त भएका हुन् ।
निषेधाज्ञामा सहरबजारसँगै ग्रामिण क्षेत्र समेत सुनसान भइरहेको बेलामा मंगला गाउँपालिका–३,बरंजा आल्टामा यतिबेला धान रोप्ने चटारो छ ।
असार महिनामा जस्तै किसान व्याडमा राखेको बिउ काढ्नमा ब्यस्त छन् । रोपाहारले धमाधम रोपिरहेका छन्, जुवाहलो र गोरुको विकल्पमा ट्याक्टरले जोतेर हिल्याइरहेको छ ।
जेठ महिनाको दोस्रो साता नै यहाँका किसानले आफ्नो खेतबारीमा धमाधम रोपाई गरिरहेका छन् ।
कोरोनाको संक्रमणबाट जोगिन हरसम्भव प्रयास गरेका स्थानीयले विभिन्न गीत गाउँदै रोप्दा आसपासको क्षेत्रमा समेत रमाइलो माहोल बनाइरहेका स्थानीय युवा लोकेश पुन मगरले जानकारी दिए ।
हरेक बर्ष यस क्षेत्रमा सबैभन्दा अगाडी असारे धान रोपाई हुने गरेको छ । जिल्लाभर यो बर्ष गतबर्ष भन्दा अगाडी नै धान रोपाई हुने अनुमान गरिएको छ ।
यता म्याग्दीमा हाल ४ सय ९६ जना सक्रिय कोरोना संक्रमति छन् भने कोरोनाका बिरामीमा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना हुनेको संख्या समेत धेरै भएपनि निषेधाज्ञा (लकडाउन) मा आफ्नो खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक कामलाई रोक लगाइएको छैन् ।
कुल २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको म्याग्दीमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफुल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र म्याग्दीको तथ्याङ्क छ ।
कोरोनसँग लक्षण मिल्ने कृषकलाई खेतबारीमा प्रवेश दिइदैन भने मास्क र सेनिटाइजरको प्रयोगमा जोड दिने गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जेठ १७ गतेसम्म निषेधाज्ञा (लकडाउन) लम्बाएको छ ।
म्याग्दी : कोरोना महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञामा शहरबजारसँगै ग्रामिण क्षेत्रको वातावरण सुनसान प्राय छ। बर्खे खेती लगाउने सिजन भएकाले खेतबारी खन्न तथा धान रोप्न किसानहरु खेतबारीमा व्यस्त छन्।जिल्लाका केही भेगका किसान खेतबारी खनजोत गर्दैछन् भने कहींको किसान धान रोपाइमा ब्यस्त छन्। त्यस्तै मंगला गाउँपालिका–३,बरंजा आल्टामाका किसानलाई यतिबेला धान रोप्ने चटारो छ। यहाँ जेठ महिनाको दोस्रो साताबाट नै किसानले धान रोप्न सुरु गर्छन्।
जेठ ११, जुम्ला । जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महीनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलंगा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ ।
सदरमुकाम क्षेत्रमा कोरोना संक्रमणको उच्च जोखिमबीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासी दल नेपालीले बताए । निषेधाज्ञाले पूरै ठप्प भए पनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यस्त देखिन्छन् । यहाँका किसान चर्को घामको परवाह नगरी जौ बाली स्याहार्न व्यस्त छन् ।
गत कात्तिक र मंसिरको हिउँदेबाली लगाइएको जौ बाली अहिले भित्र्याउने यहाँका किसानलाई चटारो परेको तिला गाउँपालिका–१का स्थानीयवासी नर रावतले बताए ।
जिल्लाको कृषियोग्य भूमिका हिउँदको समयमा जौ, गहुँ, आलु, तरकारीलगायत खेती गर्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । खेतमा जौ काटिसकेपछि यहाँका किसानलाई फेरी मार्सीधान रोप्नमा व्यस्था हुने गरेको यहाँका स्थानीयवासि बताउँछन् । रासस
कोरोना भाइरस संक्रमणको त्रासले कास्की प्रशासनले मंगलबार बिहान ५ बजेदेखि लागु हुनेगरि १० दिनसम्मका लागि निषेधाज्ञामा कडाई गरेको छ । अत्यावश्यक बाहेकका सवारी सबै बन्द हुने प्रशासनको भनाई छ ।
वैशाख १५, काठमाडौं । काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीवारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुने भएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जानकारी दिएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले बिहीवारदेखि निषेधाज्ञा लागू हुने भएतापनि आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिए ।
विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ । आन्तरिक उडान नियमित हुने भए पनि निषेधाज्ञाअघिको तुलनामा यात्रुको संख्या कम हुने प्रवक्ता क्षेत्रीले बताए ।
तथापि निषेधाज्ञाको नराम्ररी असर आन्तरिक हवाई उडानमा परेको छ । निषेधाज्ञा हुने अघिल्ला दुईदेखि तीन दिनमा वायुसेवा प्रदायक कम्पनीले उडान संख्या थपेर यात्रुलाई गन्तव्यमा पुर्याउन ब्यस्त रहे । यसबीचमा काठमाडौं बाहिरिने र भित्रिने हवाई यात्रु पनि ह्वात्तै बढेका छन् । यात्रुको सुविधालाई मध्यनजर गर्दै अधिक संख्यामा उडान थपिएको एयरलाइन्सले जानकारी दिएका छन् ।
आन्तरिक उडानका ठूला हवाई सेवा प्रदायक कम्पनीहरु बुद्ध एयर, यती एयलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीलाई यात्रु ओसार्ने चटारो परेको छ । यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले उडान थपेका छन् । बुद्धले बुधवार २२ र मंगलवार २० तथा यतीले पाँच उडान थपेको थियो । बुधवार पनि सोही हाराहारीमा उडान थपिएको कम्पनीले जानकारी दिएका छन् ।
बुद्ध एयरले बुधवार १५० उडानमार्फत झण्डै आठ हजार यात्रु गन्तव्यमा पु¥याएको छ । सो कम्पनीले मंगलवार मात्रै देशका विभिन्न गन्तव्यमा आगमन र प्रस्थान दुवैगरी १४८ ओटा उडान गरेको छ । ती उडानबाट सात हजार ५०० सयभन्दा बढी यात्रु उडेका छन् ।
बुद्ध एयरले बिहीवारका लागि १०० हाराहारी उडान गर्ने र ती उडानका लागि करीब चार हजार यात्रुले बुकिङ गरेको जानकारी दिएको छ । कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले निषेधाज्ञा अघिको तुलनामा कम संख्यामा उडान हुने बताए । उडान सञ्चालन भए पनि विमानस्थलसम्म पुग्ने र फर्कनेका लागि के कस्तो व्यवस्था हुन्छ भन्ने अझै अन्यौलता रहेको बताए ।
यती एयरलाइन्सले बुधवार आगमन र प्रस्थान दुवैगरी ७६ उडान गरेको छ । उक्त उडानबाट चार हजार १०० यात्रुले सेवा लिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले बिहीवार २७ उडान निर्धारण गरेको छ । कम्पनीले मंगलवार ७० उडान गरेको थियो । तीन हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।
निषेधाज्ञा लागू भए पनि आन्तरिक उडान नरोक्ने सरकारको निर्णय अनुरुप एयरलाइन्सले उडान नियमित सञ्चालन गर्नेछन् । यसबीचमा यात्रुको संख्या भने न्यून रहेको कम्पनीको भनाइ छ । हवाई कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गरेर उडान नियमित गर्ने जानकारी दिएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएकामा कोभिड १९ महामारीकै बीच अहिले २० वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान गरिरहेका छन् । रासस