दशैंका बेला निजी सवारी किन्नेको चाप, माग धान्न सकस

१३ असोज, काठमाडौं । यतिबेला काठमाडौंका गाडी तथा मोटरसाइकल शोरुमहरुमा नियमितभन्दा बढी चहलपहल छ । दशैंमा नयाँ दुईपांग्रे तथा चारपांग्रे सवारी चढ्न चाहनेहरु विभिन्न शोरुममा पुगिरहेका छन् । ग्राहकलाई गाडी छान्ने र बिक्रेताहरुलाई डेलिभरी दिने चटारो छ । कोभिड–१९ महामारी रोक्न गत वैशाखदेखि असारसम्म गरिएको निषेधाज्ञामा बन्द भएको अटोबजार त्यसपछि चलायमान छ । दशैं नजिकिएपछि […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा बिहानैदेखि बन्दको प्रभाव

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) को विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा बिहानैदेखि परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसिसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लामा सार्वजनिक सवारीसाधन चलेका छैनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् । लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरु रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगाय

सवारी साधन कम चलेमा यात्रुहरुको भीड हुने भन्दै जोर/बिजोर लागु नर्गन माग

काठमाडौं, ७ माघ । बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणदर नियन्त्रणको लागि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरुमा जोर/विजोर प्रणाली आज राति १२ बजेदेखि लागु हुने भएको छ । तर, नेपाल यातायात व्यवसायीहरुले भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न आग्रह गरेका छन् । व्यवसायीहरुले जोर/विजोर प्रणाली लागु नर्गन आज जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई […]

सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू नगर्न व्यवसायीको माग

यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न अनुरोध गरेका छन् । आज शुक्रबार रातीबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने निर्देशन जारी भएपछि यातायात व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू नगर्न सुझाव दिएका हुन् ।शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवालासँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा आयोजना गरेको छलफलमा व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् । छलफलमा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नभएको भन्दै यसले गाडीमा झन भीड बढ्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोर बिजोर प्रणाली नगर्नु नै बुद्धिमानी हुने बताएका छन् । उनले सार्वजनिक सवारीलाई अंकुश लगाउनुको सट्टा निजी सवारी साधनलाई रोक्नुपर्ने सुझाव पनि दिएका छन् ।

जोर/बिजोर प्रणाली लागू नगर्न यातायात व्यवसायीको माग

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए। सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाइ छ।

बन्दको प्रभाव बुटवलमा बिहानैदेखी, सार्वजनिक यातायात ठप्प

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव बुटवलमा बिहानैदेखि परेको छ । बुटवल क्षेत्रका सबैजसो सडकहरु सुनसान रहेका छन् भने निजी सवारी साधन पनि छिटफुट मात्रामा चलेका छन् । सार्वजनिक यातायात भने ठप्प रहेका छन् । बसपार्कमा बसहरु पनि न्युन मात्रामा रहेका छन् । […]

विप्लव नेकपाको बन्दले सुनसान बने सडक, यात्रुलाई सास्ती

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छ ।  उपत्यका बाहिरबाट भित्रने गाडीहरु निकै न्यून मात्रामा आइरहेका छन् ।  काठमाडौंका अधिकांश सडकहरू सुनसान बनेका छन् ।  यद्यपी केही निजी सवारी साधन भने चलिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले लोकान्तरलाई जानकारी दिए ।  रात्रि बसहरू काठमाडौँ भित्रिरहेपनि उपत्यकामा चल्ने यात्रु बसहरू चलेका छैनन् ।  ...

भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

असोज ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमानाकाबाट सवारी साधनको आवागमन शीघ्र खुलाउने बताउनुभएको छ । डेढ वर्षदेखि रोकिएको सवारी आवागमन खोल्न माग गर्दै सोमवार प्रधानमन्त्रीलाई भेट्न पुगेका वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीलाई प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । वीरगञ्जका व्यवसायीले प्रधानमन्त्री कार्यालयमै पुगेर तत्काल सीमानाकाबाट निजी सवारी साधनको आवतजावत खोलेर होटल र पर्यटन व्यवसायलाई जोगाउन माग गरेका छन् । व्यवसायीको ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्रीले सीमानाकाबाट हुने निजी सवारीका साधनको आउजाउ चाँडै खोल्ने आश्वासन दिनु भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।  कोरोना महामारी नियन्त्रणका लागि डेढ वर्षअघि रोकिएको निजी सावारी साधनको आउजाउ अहिलेसम्म नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै व्यवसायीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।  देशको आर्थिक वृद्धिमा उल्लेखनीय योगदन पुर्‍याएको र हजारौंलाई रोजगारी प्रदान गरेको व्यवासाय धरापमा पर्दा अर्बौं रुपैयाँ लगानी डुब्ने पनि व्यवसायीले बताएका छन् । ‘नेपालमाआउने सबैभन्दा बढी पर्यटक भारतीय नै हुन् । सीमाक्षेत्रमा ८० प्रतिशतहोटल भारतीय पाहुनामा आधारित छन्,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध अन्य सम्पूर्ण क्षेत्रबाट हटाइए पनि भारतीय सीमा नाकाबाट हुने सवारी आवागमनमा मात्र राख्दा यो व्यवसाय नराम्ररी प्रभावित भएको छ ।’  प्रतिबन्धका कारण भारतबाट तिर्थाटन र घुमफिरका लागि पर्यटक आउन छोडेको अध्यक्ष पन्तले बताए । वीरगञ्ज आसपासको क्षेत्रमामात्रै रहेका २०० भन्दा बढी होटलहरुले सञ्चालन खर्च पनि धान्न नसकेको उनले बताए । कतिपय होटलहरु त बन्द भइसकेको पनि उनले बताए ।  पछिल्लो समयमा सीमानाकाबाट दैनिक हजारौं संख्यामा सर्वसधारणहरुको निर्वाध रुपमा पैदल आवतजावत भइरहेको अवस्थामा निजी सवारी साधन रोक्नुको औचित्य नभएको पनि प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

सुदूरपश्चिमका यातायात व्यवसायीको ७ बुँदे माग

२६ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीले सरकार र बैँक तथा वित्तीय संघसंस्थासँग ७ बुँदे माग अघि सारेका छन् । कञ्चनपुरमा बसेको यातायात व्यवसायीको प्रदेशस्तरीय भेलाले महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर पन्तको संयोजकत्वमा संघर्ष समिति गठन समेत गरेको छ । उनीहरुले यातायात व्यवसायी र मजदुरलाई कोरोनाको खोप लगाउनुपर्ने, निजी सवारी साधनलाई यात्रु बोक्न रोक लगाउनुपर्ने, […]

सवारी साधनको व्यापारमा नियमन

विगत केही वर्षयता निजी सवारी साधनहरूको माग ह्वात्तै बढेर गएको छ । यसका पछाडि केही कारण स्पष्ट रूपमा देखिन्छ, पहिलो सडक सञ्जालको विस्तार र सहरीकरणसँगै धेरै संख्यामा यात्रु परिवहन गर्न सक्ने सार्वजनिक सवारी साधनहरूको संख्या बढ्न नसक्नु, दोस्रो खर्चालु उच्च मध्यम वर्गको अनुपातमा वृद्धि हुँदै जानु र तेस्रो, बैंक तथा वित्तीय संस्थाहरूको संख्या बढ्दै गएसँगै तिनले कारोबार विस्तारका लागि ‘अटो लोन’लाई बढी प्राथमिकता दिनु ।

नेपाल बन्दका कारण पोखराको जनजीवन प्रभावित

नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लप समूहले आयोजना गरो नेपाल बन्दका कारण पोखराको जनजीवन प्रभावित भएको छ । पोखरामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन गुडेका छैनन् भने मुख्य बजार पनि बन्द छ। केही मात्रामा निजी सवारी साधनहरु र पसलहरु भने सञ्चालन भएका छन् ।