ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा स्थानीयको अवरोध

ललितपुरको सातदोबोटो–चापागाउँ सडकखण्डमा बुधबार बिहान पनि सवारी आवागमन प्रभावित भएको छ । ठेकेदारले सडक मर्मत कार्य शुरु गरेता पनि मर्मत पूर्ण तवरले नसकिएसम्म सवारी साधन चल्न नदिने स्थानीयले बताएका छन् ।स्थानीयले चिवहाल र सुनाकोठीमा बाँस राखेर सडक बन्द गरेको प्रहरीले जनाएको छ । सडक मर्मतको माग राख्दै स्थानीयले हिजो पनि सडक अवरुद्ध गरेका थिए । सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरी अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । 

सम्बन्धित सामग्री

उपत्यकाको विद्युत् वितरण प्रणाली सुधारका लागि आठ सबस्टेशनको निर्माण धमाधम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ ओटा सबस्टेशन निर्माण गरिरहेको छ । उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेशन निर्माणाधीन छन् ।   सन् २०५० को सम्भावित विद्युत् मागलाई सम्बोधन गर्न प्राधिकरणले समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्रहरूमा चरणबद्ध रूपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको छ ।  सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू गरिएको छ । २२० केभी प्रसारण संरचनाले काठमाडौं उपत्यकाको बाहिरी परिधिलाई घेर्ने गरी २२० केभीको रिङ निर्माण गर्न सर्वेक्षण भइरहेको छ ।  काठमाडौंको लप्सीफेदी, मातातीर्थ, चोभार, फुटुङ, टेकु, मूलपानी र भक्तपुरको ठिमी तथा चाँगुनारायणमा सबस्टेशन निर्माणाधीन छन् । टेकु र चाँगुनारायणका सबस्टेशन निर्माणको अन्तिम चरणमा छन् । दुवै सबस्टेशन आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रको विद्युत्को बढ्दो  माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन निर्माणाधीन सबस्टेशन आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।  कार्यकारी घिसिङले निर्माणाधीन टेकु, फुटुङ र चाँगुनारायण सबस्टेशनको अनुगमन भ्रमण गरी तोकिएकै समयमा सबस्टेशनहरूको निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।  ‘यस वर्षको जाडोमा काठमाडौं उपत्यकामा विद्युत्को माग त्यति बढेन, यसले गर्दा विद्युत् आपूर्ति व्यवस्थापनमा सहज भयो, आगामी वर्षको जाडोलाई ध्यान दिई त्यसभन्दा अगाडि नै सबस्टेशनको निर्माण सक्नुपर्छ,’ कार्यकारी निर्देशक घिसिङले भने । ‘टेकु र फुटुङ सबस्टेशन निर्माण सम्पन्न भएपछि काठमाडौंको विद्युत् माग र आपूर्तिको व्यवस्थापनमा धेरै सहज हुन्छ ।’  टेकुस्थिति ६६/११ केभी सबस्टेशनको सुदृढीकरण गरी १३२/११ केभी र फुटुङमा १३२/११ केभीको नयाँ सबस्टेशन निर्माण भइरहेका छन् । दुवै सबस्टेशनमा ४५/४५ एमभीए क्षमताका दुई ओटा पावर ट्रान्सफर्मरहरू राखिनेछ । बालाजु-चपली १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई फुटुङ सबस्टेशनमा ‘ट्यापिङ’ गरी त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ । काठमाडौंको केन्द्र भागको विद्युत् आपूर्तिलाई सहज बनाउन टेकु सबस्टेशनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि नौ ओटा नयाँ फिडर निकालिनेछ ।  काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन नयाँ सबस्टेशन निर्माण, सञ्चालनमा रहेका सबस्टेशनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्नेलगायत आयोजनाहरू सञ्चालित छन् ।  नेपाल सरकार तथा प्राधिकरणको लगानी,  एशियाली विकास बैंक (एडीबी) र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूणर् ऋणमा प्रसारण तथा वितरण प्रणाली सुधार अगाडि बढाइएको छ ।   काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूणर् मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रमा निर्माणमा अवरोध भएपछि काठमाडौंको चोभारमा १३२/११ केभी सबस्टेशन निर्माण प्रक्रिया अगाडि बढाइएको छ । सबस्टेशनमा ४५ एमभीए क्षमताका दुइटा पावर ट्रान्सफर्मरहरू रहनेछन् ।  सुक्खाबन्दरगाह नजिक हिमाल सिमेन्टको जग्गामा सबस्टेशन निर्माणका लागि आवश्यक पर्ने १२ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । मातातीर्थबाट चोभारसम्म १३२ केभी प्रसारण लाइन बनिसकेको छ ।  चोभारमा सबस्टेशन बनाई चक्रपथ हुँदै १३२ केभी भूमिगत लाइन बनाउँदै ललितपुरको लगनखेल सबस्टेशनमा पुर्‍याइनेछ । लगनखेल सबस्टेशनलाई सुदृढीकरण गरी १३२ केभी बनाइँदै छ । त्यसपछि आगामी दिनमा त्यहाँबाट भूमिगत रूपमा चापागाउँ र हरिसिद्धीमा लाइन लगिनेछ । ललितपुर क्षेत्रमा स्युचाटार-पाटन-वानेश्वर ६६ केभी लाइनबाट विद्युत् आपूर्ति भइरहेको छ । यो लाइन अहिले नै ‘ओभर लोडेड’ छ ।  स्थानीयको अवरोधका कारण लप्सीफेदीमा ४०० र २२०/१३२/११ केभी सबस्टेशन निर्माण शुरू हुन सकेको छैन । तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदी सबस्टेशन निर्माण गर्न लागिएको हो । लप्सीफेदीबाट चाँगुनारायण सबस्टेशनसम्मको करीब १० किलोमिटर प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध छ ।

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : निर्माण कार्य जारी

काठमाडौँ–तराई/मधेश द्रुतमार्गको निर्माण कार्य ललितपुरको खोकनाबाहेकको स्थानमा बिनारोकावट अगाडि बढ्ने भएको छ। ललितपुरको खोकनामा जग्गा विवाद, पुरातात्त्विक सम्पदाको संरक्षणलगायत स्थानीयको मागका कारण सो क्षेत्रमा द्रुतमार्गको काम अवरोध हुँदै आएकाले सो विवादित क्षेत्रमा तत्कालका लागि निर्माण कार्य यथावत् राखी अन्य स्थानमा कामलाई जारी राख्ने नेपाली सेनाले जनाएको छ।

स्थानीयको अवरोध : फोहोरका टिपर तीनपिप्लेबाटै फिर्ता

काठमाडौं । मुड्खु–ककनी सडकखण्ड कालोपत्रको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेका छन् । शुक्रबार तीनपिप्लेमा भेला भई सडक अवरुद्ध गरेका हुन् । स्थानीयको अवरोधका कारण नुवाकोटतर्फ जाने फोहोरका टिपरहरूलाई तीनपिप्लेबाटै फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । यस्तै, ललितपुरको हरिसिद्धिबाट गोदावरी जाने–आउने सवारीसाधनलाई आज पनि क्यान्सर अस्पताल–सानागाउँ–इमाडोल–ग्वार्को हुँदै सञ्चालन...

ठेकेदारले काम नगरेपछि स्थानीयद्वारा सातदोबाटो-हरिसिद्धी सडक बन्द

लतिलपुर । स्थानीयको अवरोधका कारण ललितपुरको हरिसिद्धीमा सवारी आवागमन बन्द भएको छ । समयमा सडक मर्मत नगरेको भन्दै त्यहाँ पटकपटक अवरोध हुँदै आएको छ । सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यान्सर अस्पताल र सानागाउँबाट साथै गोदावरीबाट आउने सवारीसाधनलाई ठैब, सानागाउँ, इमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ । ग्राभेल गरेर त्यत्तिकै छाडेका कारण […]

आवास निर्माणमा देखिएको अवरोध हटाउन निर्देशन

संसदीय समितिले ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने भएको छ ।संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सो आवास निर्माणस्थल वरपरको सबै बाटो ११ मिटर फराकिलो हुनुपर्ने स्थानीयको माग सम्बोधन गर्नका लागि सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिनुपर्ने […]

भैंसेपाटीमा निर्माणाधीन सरकारी आवासको अवरोध हटाउन सांसदहरुको माग

९ पुस, काठमाडौं । ललितपुरको भैंसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोधको उचित सम्बोधन गर्नुपर्ने सांसदहरूले माग गरेका छन् । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरूले आवास निर्माण भइरहँदा स्थानीयको मागलाई बेवास्ता गर्न नमिल्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद दिनानाथ शर्माले स्थानीय तहका जनप्रतिनिधिहरूसँग आवश्यक छलफल गरेर […]

संघीय मन्त्री निवास निर्माण कार्य ६६% सम्पन्न

ललितपुरको भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्रीहरूका लागि बनाइएको निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ ।मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा समितिलाई कार्यप्रगति बारे जानकारी दिँदै आयोजना निर्देशक दिलिप श्रेष्ठले संघीय मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत भएको बताए । निर्देशक श्रेष्ठले निवास निर्माण गर्दै गर्दा स्थानीयको अवरोध तथा कोरोना […]