काठमाडौँ–तराई/मधेश द्रुतमार्गको निर्माण कार्य ललितपुरको खोकनाबाहेकको स्थानमा बिनारोकावट अगाडि बढ्ने भएको छ। ललितपुरको खोकनामा जग्गा विवाद, पुरातात्त्विक सम्पदाको संरक्षणलगायत स्थानीयको मागका कारण सो क्षेत्रमा द्रुतमार्गको काम अवरोध हुँदै आएकाले सो विवादित क्षेत्रमा तत्कालका लागि निर्माण कार्य यथावत् राखी अन्य स्थानमा कामलाई जारी राख्ने नेपाली सेनाले जनाएको छ।