कालीकोट – निर्वाचन आयोगले कालीकोटको मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय रोकिएको मतदान सुरु गर्न निर्देशन दिएको छ । आयाेगले बेलुकी ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न पनि मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।
यसैबीच मतदान स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि कालीकोटको नरहरिनाथ गाउँपालिका ८ को मंगलासैनी मतदान केन्द्रमा दुई पटक फर्जी मत हाल्न गएका दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएकाले विवाद भएपछि मतदान रोकिएको थिय...