काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ। केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरी दुई चरणको निर्वाचन घोषणा गरेसँगै असार २१ गते आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।
कार्यतालिका अनुसार आजदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको…