निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो । बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ । बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका ल