निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो । प्रधानमन्त्री देउवाले आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने बताएपछि चुनावी माहौल तातिँदै गएको छ । सरकारबाट तिथि घोषणाको प्रतीक्षा गरेको आयोगले चुनावी कार्यतालिका बनाउन थालेको छ । निर्वाचन तिथि तोकेको बढीमा तीन दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगका प्रवक्ता