बैंकको निक्षेप ५५ खर्ब नाघ्यो, एकैदिनमा ३ अर्बले बढ्यो

काठमाडौ । बैंक तथा वित्तीय संस्थाको निक्षेप एकैदिनमा ३ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो दिन ५५ खर्ब ३४ अर्ब रहेको निक्षेप एकैदिनमा बढेर ५५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यसमा पनि वाणिज्य बैंकको मात्रै निक्षेप बढेको देखिन्छ । अहिले वाणिज्य बैंकको ४८ खर्ब ८५ अर्ब पुगेको छ । र विकास बैंक र […]

सम्बन्धित सामग्री

एक सातामै २० अर्बले बढ्यो निक्षेप

काठमाडौं, पुस १४ । पुसको ३ गतेदेखि ८ गतेसम्मको एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन २० अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार एक सातामा नेपाली मुद्रामा १६ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा ४ अर्ब संकलन भएको छ । पुस ८ गतेसम्ममा वाणिज्य बैंकको निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब […]

एक सातामै २० अर्बले बढ्यो निक्षेप : विदेशी मुद्रामा पनि ४ अर्ब बढ्यो

काठमाडौं । पुसको ३ गतेदेखि ८ गतेसम्मको एक सातामा वाणिज्य बैंकको निक्षेप संकलन २० अर्बले बढेको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार एक सातामा नेपाली मुद्रामा १६ अर्ब निक्षेप संकलन भएको छ भने विदेशी मुद्रामा ४ अर्ब संकलन भएको छ । पुस ८ गतेसम्ममा वाणिज्य बैंकको निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ […]

एनआईसी एसिया बैंकको निक्षेप ८ अर्बले बढ्यो

काठमाडौ । चालु आर्थिक वर्षमा एनआईसी एसिया बैंकको निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैकर्स संघको तथ्यांक अनुसार असार मसान्तमा २ खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ रहेको निक्षेप रहेको एनआईसीको साउन मसान्तमा आइपुग्दा १० अर्ब १५ करोड रुपैयाँले बढेर ३ खर्ब ५ अर्ब १३ करोड पुग्यो । भदौ मसान्तसम्म आइपुग्दा बैंकको निक्षेपमा […]

५२ अर्बले बढ्यो बैंकको निक्षेप

४ असोज, काठमडौं । साउनमा १ खर्ब ७ अर्ब भन्दा बढीले गिरावट भएको वाणिज्य बैंकहरुको निक्षेप भदौमा भने ५२ अर्ब भन्दा बढीले वृद्धि भएको छ । नेपाल सरकारले कर्मचारीको तलब तथा दशैं भत्ता भुक्तानी गरेसँगै बैंकहरुमा निक्षेप पनि बढेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन् । असार २०७९ मा ४५ खर्ब ४१ अर्ब […]

बैंकहरुमा बढ्यो निक्षेप, एक सातामा ३४ अर्ब संकलन

चालु आर्थिक वर्ष सकिनै लाग्दा बैंकमा निक्षेप वृद्धि हुन थालेको छ । सरकारी खर्च, चालु तथा पुँजीगत खर्च बढ्नुका साथै अन्य कम्पनी तथा व्यवसायको क्लोजिङको समय समेत आएपछि बैंकमा निक्षेप बढ्न थालेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार पछिल्लो साता बैंकहरुमा ३४ अर्ब निक्षेप संकलन भएको छ । संघका अनुसार असार १० गतेदेखि १७ गतेसम्ममा २७ वटा वाणिज्य बैंकको निक्षेप ३४ अर्बले बढ्दै ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात् असार ३ गतेदेखि १० गतेसम्म बैं

७ दिनमा वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब बढ्यो, २ अर्ब नै कर्जा प्रवाह

गत साता वाणिज्य बैंकको निक्षेप र कर्जाको वृद्धि समान देखिएको छ । गत साता वाणिज्य बैंकहरुको निक्षेप २ अर्बले बढ्दा कर्जा प्रवाह पनि २ अर्बले नै बढेको छ । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २८ अर्ब रहेकोमा चैत्र ११ गतेसम्म बैंकहरुको निक्षेप २ अर्ब बढेर ४३ खर्ब ३० अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाली मुद्राको निक्षेप २ अर्ब घटेको छ भने विदेशी मुद्राको निक्षेप ५ अर्बले बढेको छ ।त्यस्तै यस अवधिमा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेको छ । चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा ४१ खर्ब ६८ अर्ब रहेकोमा चैत्र  ११ गतेसम्म बैंकहरुको कर्जा घटेर ४१ खर्ब ७० अर्ब कायम भएको छ ।  यस अवधिमा नेपाली मुद्राको कर्जा १ अर्ब बढेको छ भने विदेशी मुद्राको कर्जा १ अर्बले घटेको छ ।माघ महिनाको तुलनामा फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको थियो । माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन मंसत अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको निक्षेप बढेर ४३ खर्ब ३३ अर्ब पुगेको थियो  । त्यस्तै फागुन महिना भर वाणिज्य बैंकहरुले १७ अर्ब कर्जा प्रवाह गरेका थिए ।  माघ मसान्तसम्म अर्थात् माघ २९ गतेसम्म बैंकहरुको कर्जा ४१ खर्ब ५५ अर्ब रहेकोमा फागुन  मसान्त अर्थात् फागुन ३० गतेसम्म बैंकहरुको  कर्जा बढेर ४१ खर्ब ७२ अर्ब पुगेको थियो  ।    फागुन महिनाको लागि ब्याज बढाएका  बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका छन् ।

वाणिज्य बैंकको निक्षेप १ अर्ब रुपैयाँले बढ्यो

माघ अन्तिममा ४३ खर्ब ११ अर्ब रहेको निक्षेप फागुन पहिलो साता ४३ खर्ब १२ अर्ब पुगेको नेपाल बैकर्स संघले जनाएको हो ।

एकै सातामा निक्षेप थप १० अर्बले बढ्यो

काठमाडौं । मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो साता अर्थात् वैशाख चौथो साता २७ वाणिज्य बैंकको निक्षेप संकलन थप रू. १० अर्बले बढी कुल रू. ३९ खर्ब ३३ करोड पुगेको छ । यसअघिको साता अर्थात् वैशाख तेस्रो साता मात्रै थप १ अर्ब रुपैयाँ निक्षेप वृद्धि हुँदा कुल निक्षेप रू. ३९ खर्ब २३ अर्ब पुगेको थियो । अन्य निक्षेपभन्दा पनि विप्रेषण बढेका कारण निक्षेपमा वृद्धि भएको हुनसक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । नेपाली नयाँ वर्ष शुरूसँगै अर्थात् वैशाख पहिलो र दोस्रो साता बैंकको निक्षेप संकलन पनि प्रभावित बनेको थियो । वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएको थियो । यस्तै वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्दा कुल निक्षेप संकलन ३९ खर्ब २२ अर्ब पुगेको थियो । वैशाख महीनाको चौथो सातामा कर्जा प्रवाह पनि थप रू. १५ अर्बले वृद्धि भई कुल कर्जा रू. ३६ खर्ब ९ अर्ब पुगेको छ । बैंकबाट नयाँ कर्जा भने प्रवाह नभएको बैंकरहरू बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार पछिल्लो समय थप नयाँ कर्जा गएको छैन तर प्रतीतपत्र (एलसी) भुक्तानीको कारण कर्जा वृद्धि भएको हो । पछिल्लो साता कर्जा प्रवाह बढे पनि तेस्रो साता भने १५ अर्ब रुपैयाँले घटेको थियो । वैशाखका शुरुआती २ सातामा पनि कर्जा प्रवाहमा उतारचढाव आएको थियो । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो सातामा ८ अर्ब रुपैयाँले घटेको थियो भने दोस्रो सातामा सुधार देखिएको थियो । गत फागुन र चैत महीनामा निक्षेप वृद्धि निरन्तर बढेको थियो । गत फागुनको अन्तिम अर्थात् चौथो साता रू. २४ अर्बले कर्जा प्रवाह थपिँदा कुल कर्जा रू. ३४ खर्ब १२ अर्ब पुगेको थियो । त्यो साता निक्षेपको वृद्धि कर्जाको तुलनामा कम थियो । रू. ३ अर्बले मात्रै निक्षेप संकलन थपिएर कुल  ३८ खर्ब २६ अर्ब रुपैयाँको निक्षेप संकलन भएको थियो । यसअघिका साता अर्थात् फागुन तेस्रो साता २७ वाणिज्य बैंकहरूको कर्जा प्रवाह निक्षेपको तुलनामा दोब्बर अर्थात् २६ अर्बले बढ्दा कुल कर्जा प्रवाह रू. ३३ खर्ब ८८ अर्ब भएको थियो । त्यस अवधिमा निक्षेप १४ अर्ब रुपैयाँले थप वृद्धि हुँदा कुल निक्षेप ३८ अर्ब २३ अर्ब रुपैयाँ संकलन भएको थियो । यतिबेला बैंकको कर्जा प्रवाह सकारात्मक देखिएकाले समग्रमा बैंकहरूको कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव १३ प्रतिशत रहेको बैंकर्स संघले बताएको छ । कतिपय बैंकहरूको लगानीयोग्य पूँजी केन्द्रीय बैंकले तोकेको सीसीडी (कर्जा पूँजी निक्षेप अनुपात) ८५ प्रतिशतको हाराहारीमा पुर्‍याएकाहरूले निक्षेपमा जोड दिन करीब १ प्रतिशत विन्दुले बढाएर निक्षेपको ब्याजदर साढे ८ प्रतिशत हाराहारी निर्धारण गरे ।