वाणिज्य बैंकको निक्षेप १ अर्ब रुपैयाँले बढ्यो

माघ अन्तिममा ४३ खर्ब ११ अर्ब रहेको निक्षेप फागुन पहिलो साता ४३ खर्ब १२ अर्ब पुगेको नेपाल बैकर्स संघले जनाएको हो ।

सम्बन्धित सामग्री

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो - NepaliPatra

काठमाडौँ । ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको छ । बढ्दो वित्तीय समावेशीकरण, आर्थिक गतिविधि र विप्रेषण प्रवाहका कारण बैंकहरूमा […]

ग्लोबलको निक्षेप ५ खर्ब नाघ्यो

ग्लोबल आईएमई बैंकको निक्षेप पाँच खर्ब रुपैयाँ नाघेको छ । बैंकको निक्षेप बुधबार ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको जनाइएको छ । राष्ट्र बैंकले गत साता प्रकाशन गरेको विवरणअनुसार वाणिज्य बैंकको कुल निक्षेप ५६ खर्ब ७४ अर्ब रुपैयाँ छ ।

ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति आम ग्राहकवर्गको विश्वासलाई उजागर गरेको छ । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ५६ खर्ब […]

ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

२७ असार, काठमाडौं । ग्लोबल आईएमई बैंकको निक्षेप ५ खर्ब रुपैयाँ नाघेको छ । बैंकका अनुसार बुधबार बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले गत हप्ता प्रकाशित गरेको विवरणअनुसार वाणिज्य बैंकहरूको …

मुक्तिनाथ विकास बैंकको खुद नाफा १ अर्ब ३७ करोड, १ खर्ब बढी निक्षेप संकलन

आर्थिक वर्ष ७८/७९ मा मुक्तिनाथ विकास बैंकको खुद नाफा १८.४७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७७/७८ मा कम्पनीले १ अर्ब १५ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९८ मा बैंकको खुद नाफा बढेर १ अर्ब ३७ करोड पुगेको हो ।बैंकले सार्वजनिक गरेको चौथो त्रैमासमा वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ५९ लाख रहेको छ। यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड पुगेको छ ।समिक्षा अवधिमा बैंकको निक्षेप २०.४३ प्रतिशतले बढेर १ खर्ब ४ अर्ब पुगेको छ भने कर्जा प्रवाह १९.१८ प्रतिशतले बढेर ८६ अर्ब ९० करोड पुगेको छ । बैंकको खराब कर्जा ०.२३ प्रतिशतबाट घटेर ०.२१ प्रतिशत कायम भएको छ ।५ अर्ब ६५ करोड चुक्ता पुंजी भएको बैंकको रिजर्भमा २ अर्ब ४४ करोड रहेको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रति शेयर नेट वर्थ १४३ रुपैयाँ २१ पैसा रहेको छ ।

सेञ्चुरी बैंकको निक्षेप खर्बभन्दा माथि, सीडी रेसियो ८८ प्रतिशतमा

सेञ्चुरी कमर्सियल बैंकले आव २०७८÷०७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ । २०७८ असार मसान्तसम्ममा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकिङ्ग क्षेत्रमा नै तरलताको संकटको वर्ष पनि बैंकले ७ अर्ब ९१ करोड अर्थात करिव साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको छ । यस्तै, २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्ष अघिको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । समिक्षा वर्षमा बैंकको कर्जा विस्तार करिव १७ प्रतिशतले भएको छ । साथै, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात (एलडी रेसियो) २५.०६ प्रतिशत कायम भएको छ । बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी छ ।  बैंकको कुल शाखा संख्या १४५ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ४१ करोड नाफा

नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  । सो मुनाफा गत आ.व. सोहि अवधिकोे भन्दा करिब ५ प्रतिशतले बढि हो । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक वृद्धि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्धि गर्न सफल बैंक गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बनेको छ ।  बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ । बैकले खराव कर्जाको अनुपातलाई  पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ ।  बैंकले ११३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंकको नाफा ३१.५५ प्रतिशतले वृद्धि

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३१.५५ प्रतिशतले नाफा बढाएको छ । बैंकले ६ महिनामा ४५ करोड ६२ लाख नाफा गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ । यस आर्थिक वर्ष बैंकले सञ्चालन आम्दानी तर्फ १ अर्ब १० करोड आम्दानी गर्री बैंक अर्बको […]

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकको निक्षेप घट्यो

काठमाडौं, २६ साउन । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको छ । यो चालु आवमा निक्षेप ६१ अर्ब रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप साउन २२ गतेसम्म ४१ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ । साउन महिनाको पहिलो […]

१ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्दै राष्ट्र बैंक

साउन २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ । आगामी भदौ १ देखि लागू हुनेगरी २०७९ भदौ १ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् ।  राष्ट्र बैंकले ‘ग’ वर्गका वित्तीय संस्थाहरूमा ६ करोड ३० लाख रुपैयाँ ‘ख’ वर्गका विकास बैंकहरूमा १८ करोड ९० लाख र ‘क’ वर्गका वाणिज्य बैंकहरूमा १ अर्ब ८० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने भएको हो ।  राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी साउन २६ गतेसम्ममा बोलकबोल पेश गनु पर्नेछ । यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनु पर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनु पर्नेछ ।