काठमाडौं : इंग्लिस प्रिमियर लिगका उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन्।आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे। इतिहाद स्टेडियममा घरेलु टोली सिटीले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ। खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए।तर, खेलको १३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १(१ गोलको बराबरीमा ल्याए। खेलको ३६ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २(१