भारतमा डरलाग्दो रेल दुर्घटना, एउटा रेलमाथि अर्को रेल चढ्दा १० को मृत्यु, ५९ घाइते
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशको मुजफ्फरनगरको कलिंग–उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिर उछिट्टिएर दुर्घटना भएको छ । मुजफ्फरनगरको खतौलीनजिकै सो रेल लिकबाट उछिट्टिएर पाँच...
ढाका , २७ मङसिर । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भाग स्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय जोयदेबपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताए । उनका अनुसार ‘इन्जिनसहित रेलका सातवटा ‘बोगी’ लिकबाट बाहिरिएपछि एक जनाको […]
भारतको बिहारमा रेल दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा एक बालिकासहित चार जनाको ज्यान गएको बिहार प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा एक सय यात्रु घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर्घटना भएको हो । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । दुर्घटनापछि यूपी–बिहार–बङ्गाल रुटका झण्डै डेढ दर्जन रेलको सेवा प्रभावित भएको छ।
इस्लामावाद- पाकिस्तानमा आइतबार बिहान रेल दुर्घटना भएको छ । पूर्वी पञ्जाब प्रान्तमा यात्रुबाहक रेल र मालवाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन् । प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्यालयका सिफ्ट इन्चार्ज मोहम्मद अतीकले सिन्ह्वालाई बताएअनुसार प्रान्तको शेखपुरा जिल्लामा रेल कर्मचारीको सम्भावित लापरबाहीका कारण स्थानीय समयअनुसार बिहान ४ः३० बजे उक्त घटना भएको […]
एजेन्सी । दक्षिणपूर्वी पेरुमा मालवाहक रेल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । रेल दुर्घटना परेर अन्य दुई जना घाइते भएका छन् । इन्काको राजधानी कुस्कोको ओलानटायटाम्बो माचु पिचु मार्गमा दक्षिणपूर्वी ट्रयाकमा पहिरो खसेपछि रेल पटरीबाट खेसको थियो । मृतक रेल ट्रेन प्रवन्धक रहेको बताइएको छ भने घाइतेमा चालक दलका सदस्यहरु रहेको बताइएको छ […]
काठमाडौँ- पूर्वी श्रीलङ्काको ट्रिन्कोमालीस्थित रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष र दुई बालक घाइते भएका छन् । दुर्घटनामा घाइतेलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । रेल विभागका अनुसार रेलको तीन भागमा पूरै क्षति पुगेको छ भने रेल विभागका दुई […]
जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ। धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस-पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन्। दुर्घटना स्थानीय […]
काठमाडौं । अफ्रिकी मुलु कंगोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । घटनामा ५२ जना घाइते भएका छन् । कंगोको लुआलाबा प्रान्तका लागि लुएन प्रान्तबाट छुटेको रेल अनियन्त्रित भइ लिक बाहिर गएपछी दुर्घटना भएको हो । १५ वटा डिब्बा रहेको उक्त रेलका १२ डिब्बा खाली रहेको जनाइएको छ । कंगोमा लामो दुरीको यात्राका […]
काठमाडौँ । भारत पश्चिम बङ्गालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् । गुवाहटी–बिकानेर एक्सप्रेसको रेल हिजो (बिहीबार) साँझ दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार जारी छ । सकुशल […]
लान्झाउ / उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ–सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५.२५ बजे रेल दुर्घटना भएको हो । प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको...
The post चीनको गान्सुमा रेल दुर्घटना, ९ जनाको मृत्यु appeared first on Purbeli News.
मलेसियाको राजधानी क्वालालम्पूरमा रेल दुर्घटना हुँदा २ सयजना भन्दा धेरै घाइते भएका छन् । २ सय १३ जना यात्रुहरु बोकेर गएको मेट्रो रेल रित्तै अवस्थामा रहेको अर्को रेलसँग ठोक्किएको हो । पेट्रोनास टावर्स नजिकैको सुरुङमा यी दुई रेलहरु ठोक्किएको प्रहरीले जनाएको छ ।खाली अवस्थाको रेल भर्खरै मर्मत गरिएको थियो र यात्रुले खचाखच रेल जुन ट्रयाकमार्फत जाँदै थियो, त्यही ट्रयाकको विपरीत दिशामा यो रेल गुडिरहेको थियो ।‘हामी अझै पनि यो घटनाको छानविन गर्दैछौं । रेलहरुको अपरेशन कन्ट्रोल सेन्टमा गलत सञ्चार