मलेसियाको राजधानी क्वालालम्पूरमा रेल दुर्घटना हुँदा २ सयजना भन्दा धेरै घाइते भएका छन् । २ सय १३ जना यात्रुहरु बोकेर गएको मेट्रो रेल रित्तै अवस्थामा रहेको अर्को रेलसँग ठोक्किएको हो । पेट्रोनास टावर्स नजिकैको सुरुङमा यी दुई रेलहरु ठोक्किएको प्रहरीले जनाएको छ ।खाली अवस्थाको रेल भर्खरै मर्मत गरिएको थियो र यात्रुले खचाखच रेल जुन ट्रयाकमार्फत जाँदै थियो, त्यही ट्रयाकको विपरीत दिशामा यो रेल गुडिरहेको थियो ।‘हामी अझै पनि यो घटनाको छानविन गर्दैछौं । रेलहरुको अपरेशन कन्ट्रोल सेन्टमा गलत सञ्चार