इस्लामावाद- पाकिस्तानमा आइतबार बिहान रेल दुर्घटना भएको छ । पूर्वी पञ्जाब प्रान्तमा यात्रुबाहक रेल र मालवाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन् । प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्यालयका सिफ्ट इन्चार्ज मोहम्मद अतीकले सिन्ह्वालाई बताएअनुसार प्रान्तको शेखपुरा जिल्लामा रेल कर्मचारीको सम्भावित लापरबाहीका कारण स्थानीय समयअनुसार बिहान ४ः३० बजे उक्त घटना भएको […]