‘सुरक्षाका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द’

खानेपानीमन्त्री उमाकान्त चौधरीले अर्बौंको लगानीमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाका लागि वर्षा यामसम्ममा त्यहाँको पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नुपरेको स्पष्ट पारेका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री चौधरीले सो स्पष्टीकरण दिएका हुन् । उनले जल तथा मौसम विभागको प्रक्षेपण, मौसमविद्हरूको सुझाव र सो […]

सम्बन्धित सामग्री

तस्वीर : मेलम्ची खानेपानी आयोजनाको सुरुङ

सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजना स्थलको मुहान । मेलम्ची खानेपानी विकास समितिले मंगलवारबाट खानेपानी सुरुङमा पठाउने तयारी गरेको छ ।अस्थायी बाँधमार्फत सुरुङमा पानी हालिने र सो पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आइपुग्ने छ। उपभोक्ताको धारामा पानी आउन भने एक साताभन्दा बढी लाग्ने छ । एक वर्षअघि परीक्षणका रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न शुरु गरिएको थियो। तर गत वर्षायाममा आएको पहिरोका कारण उक्त आयोजनाका सुरुङहरू पुरिएपछि त्यसमा अवरोध उत्पन्न भएको थियो। तस्वीर : रासस

अनिश्चित बन्यो याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउने योजना

८ फागुन, काठमाडौं । काठमाडौंमा आगामी नयाँ वर्ष (वैशाख, २०७९) सम्म फेरि मेलम्चीको पानी ल्याउने योजनासहित काम हुँदैछ । गत १ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजना क्षति त पुगेकै छ, त्यसले मेलम्चीको सुरुङ हुँदै सिन्धुपाल्चोकका थप दुई वटा खोलाबाट काठमाडौंमा थप खानेपानी ल्याउने योजनामा पनि ‘ब्रेक’ लगाइदिएको छ । १ असारमा मेल्चीमा […]

उपत्यकाभित्र खानेपानीको हाहाकार, मेलम्ची मर्मत गर्ने समय सारेको सार्यै सरकार

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्‍याएकाे सात महिना भइसके पनि आयोजनाको मर्मत सुरु भएको छैन।गत असार र साउन महिनामा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुगेको थियो। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले उपभोक्ता खटाई सुरुङ जाने अस्थायी बाटो खुलाइसकेको छ। यसबाहेक अरू काम सरकारले अगाडि बढाउन सकेको छैन।मेलम्ची खानेपानी नआएसँगै काठमाडौं उपत्यकामा अहिले पानीको हाहाकार छ तर सरकार भने मेलम्ची खानेपानी आयोजना मर्मत गर्ने समय सारेको सार्‍य

मेलम्ची खानेपानी आयोजना पुनर्निर्माणमा अन्योल

मेलम्ची खानेपानी आयोजनाको मुहान बाढीले पुरिएको ६ महिना बित्दा पनि पुनर्निर्माण कसले गर्ने, कहिले गर्ने र कुन मोडेलमा गर्ने भन्ने निर्णय सरकारले गर्न सकेको छैन । बाढीले क्षति गरेको संरचना पुनर्निर्माणका लागि नयाँ टेन्डर गर्ने वा भेरिएसनको रकम बढाएर हाल सुरुङ र हेडवर्क्स बनाइरहेको चिनियाँ सिनो हाइड्रो कम्पनीलाई नै जिम्मा दिने भन्ने अन्योल कायम छ ।

मेलम्ची खानेपानी आयोजना : टुंगो लागेन निर्माण कम्पनीको अवधि थप्ने विषय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीको अवधि थप्ने विषय टुंगो लाग्न सकेको छैन । अस्थायी रूपमा पानी काठमाडौं ल्याउन अवधि थप गर्नुपर्ने भए पनि सरकारले टुंगो लगाइसकेको छैन ।       चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको अवधि थप्न मेलम्ची खानेपानी विकास समितिले प्रक्रिया अघि बढाए पनि टुंगो लाग्न नसकेको हो । अस्थायी रूपमा पानी ल्याउन विभिन्न संरचनामा मर्मत गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । गत फेब्रुअरीमा ठेक्का अवधि सकिएकोमा अवधि थपको प्रक्रियामा हुँदा दुर्घटना भएको थियो । ‘अहिले मन्त्रालयमा छलफलकै क्रममा भए पनि टुंगो लाग्न सकेको छैन,’ उनले भने ।       अस्थायी रूपमा पानी ल्याउन साधारण काम मात्रै बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । आयोजनाअन्तरगत अहिले सुरुङ र हेडवर्क सफा गर्न बाँकी छ । ठेक्काको अवधि थप भएमा बाँकी कामसँगै अहिले मर्मतको काम सोही कम्पनीलाई गराउन सकिने आयोजनाले बताएको छ ।      कुनै पनि ठेक्कामा सुरुको ठेक्काको ५० प्रतिशभन्दा बढीको म्याद थप गर्नुपर्दा मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने व्यवस्था छ । अहिले सो ठेक्काको अवधि थपसँगै कार्ययोजना अघि बढाइएको सूचना अधिकारी पन्तले बताए । अहिले बाँकी रहेका काम गर्न कम्पनीलाई समितिले काम गर म्याद थप भन्न सकिने भए पनि अहिले त्यो गर्न नसकिएको उनले बताए । ‘अवधि थप नभएकाले काम गर भन्न सकिएको छैन,’ उनले भने । आयोजनाका बाँकी काम सम्पन्न गरेर अबको केही महिनामा पानी काठमाडौं उपत्यका ल्याउनेगरी सडक र पुल अस्थायी रूपमा खुलाइसकिएको छ । समितिले हेलम्बु गाउँपालिकासँग समन्वयमा अस्थायी सडक खुलाएको हो । सरकारले आगामी चैतसम्ममा पुनः उपत्यकामा पानी झार्ने लक्ष्य लिएको छ । निर्माण कम्पनीको अवधि थप भएमा अस्थायी रूपमा ल्याउन समस्या नहुने सूचना अधिकारी पन्तले बताए । गत असारमा गएको बाढीका कारण पुरिएर रहेका साना सुरुङ खोल्न सकेमा पुनः पानी हस्तान्तरण गर्न सकिने उनले बताए । कामको हिसाबले अहिले कार्यरत कम्पनीलाई काम लगाउन सजिलो भएको समितिले बताएको छ । निर्माण कम्पनीका कारणभन्दा पनि प्रकृतिक विपत्तिका कारणले समस्या आएकाले पनि अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । अहिले कार्यरत निर्माण कम्पनीको ठेक्का सम्पन्न नभएकाले नयाँ व्यवसायीलाई काम गराउन नसकिने समितिको भनाइ छ । हेडवक्र्समा पनि नयाँ कम्पनीले काम गर्दा भएका संरचनामा थप क्षति हुन सक्ने भएकाले सिनो हाइड्रो कम्पनीको नै अवधि थप गर्नु ठीक हुने पन्तले बताए । अवधि थप र कार्ययोजना दुवैको विषयमा अहिले खानेपानी मन्त्रालयमा छलफल भइरहेको छ । पहिले मूल्यांकन टुंगो लगाएर अघि बढ्ने विषय पनि छलफल भइरहेको छ । खोलामा सफा गर्नुपर्ने भएकाले अनुमानित खर्च तलमाथि हुन सक्ने उनले बताए । निर्माण शुरू भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गतवर्ष फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गतवर्ष असारमा सुरुङको परीक्षण गर्दा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौं उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरू भएको थियो । रासस

मेलम्चीको पानी आउने समय अनिश्चित

काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना फेरि उपत्यकामा आउने समय अनिश्चित बनेको छ। यही असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढीले खानेपानी फेरि काठमाडौं आउने समय अनिश्चित बनेको हो। सरकारले गत वर्ष २०७७ चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गरेको थियो। बाढीले आयोजनाको सुरुङ र मुहानलाई नै क्षती गरेका कारण फेरि पानी आउने समय अनिश्चित बनेको हो।

मेलम्ची खानेपानी आयोजनाको क्षति यकिन गर्न मुश्किल

सिन्धुपाल्चोक । गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाको क्षति अभैm यकिन गर्न सकिएको छैन । आयोजनामा बाढीले पु¥याएको क्षतिको निरीक्षण गर्न गएको प्राविधिक टोली हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानमा रहेको हेडवक्र्स पुग्न नसकेपछि क्षतिको यकिन गर्न नसकिएको हो । आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर माधव नेपालको संयोजकत्वमा ६ जनाको टोली अम्बाथानतर्फ गएको थियो । उक्त टोली हेडवक्र्स पुग्न नसकी किउलबाटै फर्किएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । ‘के कति क्षति भएको छ भनेर यकिन गर्न हामीले प्राविधिक टोली पठाएका थियौं । उहाँहरू त्यहाँसम्म पुग्नै सक्नु भएन,’ पन्तले भने, ‘क्षति यकिन गर्न पाए निर्माण योजना बनाउन सजिलो हुने थियो ।’ उनका अनुसार टोली मेलम्ची हुँदै चनौटेको रातोपुलसम्म गाडीमा गएको थियो । त्यहाँबाट करीब ६ किलोमीटरमा रहेको किउलसम्म पैदल पुगेको थियो । किउलबाट अम्बाथानस्थित मेलम्ची खानेपानीको हेडवक्र्स करीब ५ किमीमा पर्छ । निरन्तर बाढी आइरहेको र पानी परिरहेका कारण टोली हेडवक्र्स पुग्न नसकेको हो । आयोजनाको हेडवक्र्समा बाढी पसेकाले त्यहाँ भएका अस्थायी संरचना सबै बगेका छन् । ‘हेलिकोप्टर र ड्रोनको मद्दतले माथिबाट हेर्दा हेडवक्र्सको संरचना पानीमुनि डुबेको अवस्थामा देखिन्छ,’ पन्तले भने, ‘बायाँपट्टिको रिटेनिङ पर्खाल देखिँदैन । निर्माण व्यवसायी, श्रमिकका शिविर र सामान राख्ने ठाउँ सबै बगाएको छ ।’ उनले हेडवक्र्स अभैm डुबिरहेकाले त्यसमा कति क्षति भयो र त्यसको निर्माणका लागि कति समय र स्रोत आवश्यक पर्छ भन्न नसकिने बताए । मेलम्ची बजारबाट २१ किलोमीटर पर रहेको उक्त संरचनामा पुग्न पार गर्नुपर्ने चारओटा पुल बाढीले बगाएको छ । स्थलगत भ्रमणमा जान नसकिएकाले अहिले क्षतिको प्रारम्भिक अनुमान मात्रै गर्न सकिएको पन्तले बताए । उनका अनुसार करीब १ अर्बको क्षति भएको हुनसक्ने अनुमान छ । मेलम्ची खानेपानी आयोजना २ महीनामा सम्पन्न गर्ने कार्यतालिका थियो । ‘बाढीले गर्दा कार्यतालिका प्रभावित बनेको छ,’ पन्तले भने, ‘अम्बाथानको सुरुङ पुरै बालुवाले भरिएको जानकारी आएको छ, सुरुङलाई सफा गरेर पानी पथान्तरण गर्न कम्तीमा २ महीना लाग्ने देखिन्छ ।’ हेडवर्क्ससम्म पुग्ने बाटोमा क्षति भएको, पुल र सडक मर्मत गरी यातायात सुचारु गराउन हेलम्बु गाउँपालिका र नेपाली सेनासँग समन्वय गरिरहेको उनले जानकारी दिए । ‘अहिले सबैभन्दा आवश्यक भनेको हेडवक्र्स क्षेत्रमा पुग्नु हो । त्यसका लागि प्रवेशमार्ग र पुलहरूको निर्माणको गर्नु अत्यन्त आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि पालिका, नेपाली सेना र सडक विभागसँग समन्वय गरिरहेका छौं ।’ निर्माणस्थलमा रहेको बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प, खानेपानी, शौचालयलगायत सबै संरचना र निर्माण व्यवसायीका उपकरणसमेत बगाएको पन्तले बताए । मुख्य संरचनामा क्षति नपुगे पनि बाढीका कारण वैकल्पिक पथान्तरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनले बताए । वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उनले जानकारी दिए । भदौसम्ममा पहुँचमार्ग बनेमा आयोजनाले काम अघि बढाउने, जनशक्ति र उपकरण लगेर डाइभर्सन टर्नेल र अम्बाथान अडिट सफा गरिने उनले बताए । ‘भित्र समस्या नभए त्यसपछि पानी चलाउन सकिन्छ,’ उनले भने । अहिले विपद्का कारण तोकिएको अवधिमा काम नसकिने देखिएकाले निर्माण कम्पनीको अवधि थप गर्नुपर्ने प्रवक्ता पन्तले बताए । अवधि थपका विषयमा अहिले नै निर्णय भने भइसकेको छैन । निर्माणस्थलभन्दा माथिबाट आएको पहिरोका कारण आयोजनाको हेडवक्र्स निर्माणमा संलग्न सिनो हाइड्रोका आठ जना कामदार बेपत्ता भएका थिए । तीमध्ये हालसम्म तीनओटा शव भेटिएको छ ।

मेलम्चीको पानी आउने समय पर धकेलियो

काठमाडौं । मेलम्ची खानेपानी आयोजना स्थलमा गत मंगलवार आएको बाढीका कारण क्षति पुगेपछि काठमाडौं उपत्यकामा पानी आउने निर्धारित समय लम्बिने निश्चित देखिएको छ । असार १ गतेदेखि सुरूङ खाली गरी निरीक्षण तथा परीक्षण गर्न आयोजनाले काठमाडौंमा पानी वितरण गर्न स्थगित गरेको थियो । तर, सोही दिन नै सिन्धुपाल्चोकस्थित आयोजनाको मुख्य बाँध स्थल अम्बाथानमा बाढी आएपछि भएको क्षतिले मेलम्चीको पानी ल्याउने निर्धारित समय लम्बिने देखिएको हो । सुरुङ परीक्षण तथा निरीक्षणका लागि भदौ मसान्तसम्म काठमाडौंमा मेलम्चीको पानी