मेलम्ची खानेपानी आयोजना: भ्रष्टाचार प्रकरणमा भीम उपाध्याय र अरू पूर्वसचिवको बयानमा के छ - BBC News नेपाली
मेलम्ची खानेपानी आयोजनाको सुरुङ र हेडवर्क्ससम्बन्धी काममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा आरोपित चार सचिवहरूले आफ्नो बयानमा के भनेका छन्?
काठमाडौँ- मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, ...