सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजना स्थलको मुहान । मेलम्ची खानेपानी विकास समितिले मंगलवारबाट खानेपानी सुरुङमा पठाउने तयारी गरेको छ ।अस्थायी बाँधमार्फत सुरुङमा पानी हालिने र सो पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आइपुग्ने छ। उपभोक्ताको धारामा पानी आउन भने एक साताभन्दा बढी लाग्ने छ ।
एक वर्षअघि परीक्षणका रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न शुरु गरिएको थियो। तर गत वर्षायाममा आएको पहिरोका कारण उक्त आयोजनाका सुरुङहरू पुरिएपछि त्यसमा अवरोध उत्पन्न भएको थियो। तस्वीर : रासस