मेलम्ची खानेपानी आयोजनाको मुहान बाढीले पुरिएको ६ महिना बित्दा पनि पुनर्निर्माण कसले गर्ने, कहिले गर्ने र कुन मोडेलमा गर्ने भन्ने निर्णय सरकारले गर्न सकेको छैन । बाढीले क्षति गरेको संरचना पुनर्निर्माणका लागि नयाँ टेन्डर गर्ने वा भेरिएसनको रकम बढाएर हाल सुरुङ र हेडवर्क्स बनाइरहेको चिनियाँ सिनो हाइड्रो कम्पनीलाई नै जिम्मा दिने भन्ने अन्योल कायम छ ।