सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका जनमत पार्टीका अध्यक्ष सीके राउतसमक्ष चुनौतीका चाङ छन् । उनले विभिन्न प्रतिवद्धता जनाएका आधारमा मतदाताले जिताएर पठाएका छन् । ती प्रतिबद्धता पूरा गर्न उनले विभिन्न चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।प्रतिनिधिसभामा सीके राउतको दलले प्रत्यक्षतर्फ एक सिटमात्र जितेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो पार्टीबाट निर्वाचित हुने सीके राउत एक्ला सदस्य हुन् । प्रदेशसभातर्फ उनको पार्टीले ८ सिट प्रत्यक्षमा जितेको छ । मधेस प्रदेशमा सात र लुम्बिनी प्रदेश