भारतकाे असम र मिजोरम राज्यको सीमामा झडप, ६ जना प्रहरी जवानको ज्यान गयो

काठमाण्डाै - भारतका असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ जना प्रहरी जवानको ज्यान गएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै घटनाले ठूलो चोट पुर्याएको उल्लेख गर्नुभएको छ । हिजो असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । दुई राज्यबीच लामाे समयदेखि सीमा विवाद रहेकाे ...

सम्बन्धित सामग्री

असम मिजोरम तनाव : प्रहरीले दर्ता गर्‍यो असमका मुख्यमन्त्रीविरुद्ध मुद्दा

असम र मिजोरमबिचको सीमा विवादका कारण केहीदिनयता हिंसा भड्किएको छ। सोमवार भएको हिंसामा असमका ६ जना प्रहरीको मृत्यु भएको थियो। त्यसयता दुई राज्यबिच विवाद झन् चर्किएको छ। दुवै राज्यले हिंसा भड्काएकोमा आरोपप्रत्यारोप गरिहेका छन्।  यसबिच मिजोरम प्रहरीले असमका मुख्यमन्त्री हिमन्त बिस्वको विरुद्ध मुद्दा दर्ता गरेको छ। मुख्यमन्त्रीसँगै असमका प्रहरी प्रमुख,…

असम–मिजोरम सीमामा संघर्ष, असम प्रहरीका ६ जवानको मृत्यु

बीबीसी।भारतका दुई राज्य असम र मिजोरम सीमामा संघर्ष हुँदा असम प्रहरीका ६ जना प्रहरी जवानको मृत्यु भएको छ।असमका मुख्यमन्त्री हिम्मत विस्व सरमाले उक्त घटनाको पुष्टि गरेका हुन्। “अमस–मिजोरम सीमामा हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्ने क्रममा असम प्रहरीका बहादुर ६ जवानको मृत्यु भएको छ”, मुख्यमन्त्रीले ट्वीटरमा लेखेका छन्। असम–मिजोरम सीमामा प्रहरी र आम नागरिकबीच झडप हुँदा गोली चलेको थियो।

भारतका असम र मिजोरम राज्यको सीमामा झडप, ६ प्रहरीको मृत्यु

भारतका असम र मिजोरम राज्यको सीमामा दङ्गा भड्किदा ६ प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा असम राज्यकातर्फका प्रहरी रहेका छन् । असमका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्- ‘मलाई ठुलो चोट लागेको छ । असम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।&rsquo