कोभिड–१९ महामारीको सुरुवातपछि नै ‘इम्युनिटी’, प्रतिरक्षा, रोग प्रतिरोधी क्षमता शब्दको अर्थ धेरैलाई सायद थाहा भइसकेको छ । बलियो इम्युनिटी शरीरले भाइरल, ब्याक्टेरियल, फंगल वा प्रोटोजोआ आदिबाट संक्रमित हुनबाट जोगाउँछ । प्रतिरोधी सेता रक्त कोसिका, लिम्फ नोड्स र एन्टीबडीबाट बन्ने गर्छ जसले शरीरलाई बाहिरी संक्रमणबाट जोगाउन मद्दत गर्छ । कहिलेकाँही जब कुनै भाइरस शरीर भित्र प्रवेश गरिहालेको खण्डमा प्रतिरक्षा प्रणालीले ती हानिकारक भाइरस पहिचान गरेर त्यसलाई बेअसर पारिदिन्छ जसका कारण