निजी आवास ७७, विद्यालय ८० र सरकारी भवन ९५ प्रतिशत पुनर्निर्माण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रमा तीन वर्षमा भएका

सम्बन्धित सामग्री

आठ वर्षमा पनि सकिएन पुनर्निर्माण

आठ वर्ष बितिसक्दा पनि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माणको काम अझै सकिएको छैन । निजी आवाससँगै स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्त्विक सम्पदा जीर्णोद्धार तथा गुम्बा पुनर्निर्माण, शिक्षण संस्था र एकीकृत बस्ती विकासको काम अझै टुंगिएको छैन । ११.३६ प्रतिशत निजी आवास पुनर्निर्माणको काम बाँकी नै छ । रकम लगेकाहरूले निर्माणको काम गरेका छैनन् । चाँडो निर्माण सक्न सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले ताकेता गरिरहे पनि आलटाल भइरहेको पाइएको छ ।

गोरखा भूकम्पको सात वर्ष पूरा

आज वैशाख १२ । आजकै दिन ७ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको थियो । वि.सं. २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । यसैगरी ४१५ सरकारी भवन, विश्व सम्

पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी हस्तान्तरण : विभागलाई निजी आवासको जिम्मा

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी हस्तान्तरण भएको छ। सम्बन्धित विभाग, मन्त्रालय लगायतलाई बुधबार जिम्मेवारी हस्तान्तरण गरिएको हो। प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा ९ भदौमा बसेको  बैठकले प्राधिकरणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको थियो। भवन निर्माण विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय पूर्वाधार विभाग), शिक्षा मन्त्रालयलाई प्राधिकरणको जिम्मेवारी हस्तान्तरण गरिएको हो। निजी आवा

भूकम्पपछिको प्रबलीकरण कछुवाको गतिमा

काठमाडौं :  २०७२ को विनाशकारी भूकम्पले हजारौ संरचना ध्वस्त भए। निजी आवास, संम्पदा, सरकारी भवन भत्किए। पूर्णरुपमा ध्वस्त भएका संरचना पुनर्निमाण भए पनि आंशिक क्षति भएका संरचना भने नयाँ स्वरुपमा फर्कन सकेका छैनन्। भूकम्पको गएकाे ६ वर्ष वितिसक्दा पनि बाघ दरबार, हरिहर भवन, सडक विभागको भवन, बालमन्दिर लगायतका भवन उठ्न सकेका छैनन्। भग्नावशेषलाई हरियो जालीले घेरेर राखिएको छ। ६ वर्षमा दुई ओटा मात्र सरकारी भवन प्रबलीकरण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवन न

पुनर्निर्माणको बाँकी काम समयमै सकाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनर्निर्माणको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको शुक्रबारकोे बैठकले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानीलगायतका संरचनाको उल्लेखनीय काम गरेको भन्दै बाँकी कामका लागि आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देश गरेको हो ।    हालसम्म निर्माण भएका संरचनाको संरक्षणका लागि स्रोत सुनिश्चित गर्न प्राधिकरण र सरकारलाई निर्देशन दिइएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले एकातिर कोभिडको असर र अर्कातिर राजनीतिक परिवर्तनले प्रभाव पार्दापार्दै पनि प्राधिकरणले राम्रो प्रगति हासिल गरेको बताइन् ।    प्राधिकरणको स्थापना भएर अहिलेसम्म स्थानीय सामाजिक समस्या, आर्थिक समस्या, जनशक्तिको समस्या र निर्माणका लागि आवश्यक सामग्रीको समस्या हल गर्दै अघि बढिरहेको उनको भनाइ छ । खड्काले भनिन्, ‘अब बाँकी काम कसरी पूरा गर्ने र निर्माण भएका संरचनाको दिगोपनाका विषयमा सोच्न जरुरी छ ।’    समितिका सदस्य यज्ञराज सुनुवारले प्राधिकरणले तीन पुस्ता धान्ने गरी विद्यालय निर्माण गरेको र निजी आवास निर्माणमा पनि सफलता हासिल गरेको उल्लेख गरे । कतिपय स्थानमा अझै पनि गुनासो सम्बोधन हुन बाँकी रहेकाले त्यसलाई चाँडो टुंगोमा पु¥याउनुपर्नेमा उनले जोड दिए । समितिका सदस्य केदार सिग्देलले प्राधिकरणले असहज परिस्थितिमा पनि उल्लेखीय काम गरेको औंल्याउँदै एकीकृत बस्तीको बाँकी काम चाँडो टुंगोमा पुर्‍याउनुपर्ने बताए । समितिका सदस्य बिनाकुमारी श्रेष्ठले भूकम्पपछि कतिपय स्थानका बासिन्दालाई स्थानान्तरण गरेर सुरक्षित आवास निर्माण गरिएकाबाट सिकेर अहिले बाढीपहिराको कारण विस्थापितलाई पुनःस्थापित गराउनुपर्ने धारणा राखिन् ।    समितिका सदस्य गजेन्द्रबहादुर महतले धरहरा बाहिर बनेको देखिए पनि भित्री काम बाँकी रहेकाले त्यो चाँडो पूरा गर्नुपर्नेमा जोड दिए । निजी आवास निर्माणमा पहुँच भएका व्यक्तिको चाँडो र नभएकाको ढिलाइ भएको पाइएको उनको भनाइ छ । समितिका सदस्य टेकबहादुर बस्नेतले कतिपय राष्ट्रिय गौरवका आयोजना २० वर्षसम्म पूरा नभएकामा पुनर्निर्माण छ वर्षमा यो उपलब्धि हुनु महत्वपूर्ण भएको सुनाए ।    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणको थपिएको अवधि सकिँदासम्म निजी आवास निर्माण शतप्रतिशत सम्पन्न हुने जानकारी दिए । कोभिडको त्रासले धरहरा नागरिकका लागि खुला नगरिएको उनको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमै अहिले पहिरोको समस्या पनि देखिइरहेको उनले बताए । उनले भने, ‘पहिले जुरे क्षेत्र र अहिले मेलम्ची क्षेत्रमा देखिएको समस्या समाधानको काम अब विपद् व्यवस्थापन प्राधिकरणमार्फत अघि बढ्नेछ ।’ रासस

पुनर्निर्माणको बाँकी काम समयमै सम्पन्‍न गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनःनिर्माणको बाँकी काम समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले प्राधिकरणले अहिलेसम्म निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, खानेपानीलगायतका संरचनाको उल्लेखनीय काम गरेको भन्दै बाँकी कामका लागि आवश्यक स्रोत र जनशक्ति उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देश गरेको छ ।

भूकम्पबाट भएको मानवीय क्षति

मृत्यु: ८,९७९ घाइते: २२,३०९ भौतिक क्षति निजी आवास: करिब १० लाख पुनर्निर्माण अनुदान सम्झौता गरेका लाभग्राही: ८,१०,४२७ शिक्षण संस्था: ७,५५३ विद्यालय कक्षा कोठा: ४९,६८१ स्वास्थ्य संस्था: १,१९७ ९पूर्ण क्षति – ५४४, आंशिक क्षति – ६५३० सरकारी भवन: ४१५ सांस्कृतिक सम्पदा: ९२० ९विश्व सम्पदा क्षेत्र– १७०० सुरक्षा निकायका भवन: ३८३ ९नेपाल सेना– २०४, नेपाल प्रहरी– १३९, […]

बलियो नेपाल (सम्पादकीय)

भूकम्पपछिको पुनर्निर्माणकार्य आगामी असार मसान्तभित्रै सम्पन्न गर्ने र बाँकी काम सम्बद्ध मन्त्रालय वा निकायबाट नियमित गरिने भएको छ । भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा यस्तो जानकारी दिइएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण ३२ जिल्लामा क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, धार्मिक, साँस्कृतिक भौतिक संरचनाको निर्माण तथा मर्मतको काम सम्पन्न हुने चरणमा पुगेकाले भूकम्पका घाउ पुरिनेक्रममा देखिएका छन् । यसबीच क्षतिग्रस्त निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी ५८ हजार ६५० निजी आवास तोकिएको सीमाभित्र सम्पन्न गर्नेगरी काम हुँदै छ । निजी आवास पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखिएअनुसार मापदण्डमा पर्ने पीडितले नयाँ घरमा प्रवेश पाएका छन् र पाउनेक्रम जारी छ । भूकम्पले क्षतिग्रस्त ९२० ऐतिहासिक तथा धार्मिक सम्पदामध्ये ४९३ वटाको पुनर्निर्माण सम्पन्न भएको र २८८ वटाको पुनर्निर्माण भइरहेको छ । क्षतिग्रस्त सात हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ भने बाँकी १७ प्रतिशतको पुनर्निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिनेछ । स्वास्थ्य क्षेत्रका २९६ भवनको पुनर्निर्माण जारी छ । ९० प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने सुरक्षा निकायका दुईवटा संरचनामात्र बन्न बाँकी रहेका छन् ।

https://www.onlinekhabar.com/2020/04/857796

१२ वैशाख, काठमाडौं। शुक्रबार विनासकारी महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । भूकम्पले क्षतिग्रस्त निजी आवास, सरकारी भवन, विद्यालय, स्वास्थ्य संस्था र सडकहरुको पुनर्निर्माणको काम अझै पनि सकिएको छैन । पुनर्निर्माणका क्रममा हालसम्म पुननिर्माण प्राधिकरणबाट …