काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी हस्तान्तरण भएको छ। सम्बन्धित विभाग, मन्त्रालय लगायतलाई बुधबार जिम्मेवारी हस्तान्तरण गरिएको हो। प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा ९ भदौमा बसेको बैठकले प्राधिकरणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको थियो। भवन निर्माण विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय पूर्वाधार विभाग), शिक्षा मन्त्रालयलाई प्राधिकरणको जिम्मेवारी हस्तान्तरण गरिएको हो। निजी आवा