विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि २०७२ पुस १२ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको स्थापना गरियो ।
भूकम्प अतिप्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लाका निजी आवास, सांस्कृतिक धरोहर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सडक र खानेपानी संरचनालगायत पुनःनिर्माणको चुनौती प्राधिकरणसँग थियो ।
प्राधिकरण स्थापना भएपछि निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, पुरातात्विक महत्वका सम्पदालगायत संरचना पुनःनिर्माण भइरहेको छ । प्राधिकरणले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ अनुसार काम गरिरहेको छ । ऐनअनुसार पाँच वर्षमा पुनःनिर्माणका काम नसकिएपछि प्राधिकरणको म्याद यही पुस १० गतेदेखि लागू हुने गरी एक वर्ष थप गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
प्रस्तुत छ भूकम्पपछिको पुनःनिर्माणका विषयमा प्राधिकरण स्थापनापछि लामो समय प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग गरिएको अन्तरवार्ताको सम्पादित अंश –