सेनाले माग्यो १८ सय ५१ कर्मचारी

नेपाली सेनाले विभिन्न पदका लागि १८ सय ५१ कर्मचारी माग गरेको छ। सहायक पण्डित १०, अमल्दार कर्मचारी २५, सैन्य ड्राइभर ३०, चर्मकर्मी १०, सूचीकार १५, लोहकार ४, केशकर्तक १० जना माग गरिएको छ। त्यस्त धोवी र सिकर्मी एक एक जना माग गरिएको छ। बाँकी १६९० को संख्यामा सैन्य कर्मचारी माग गरिएको हो। यी सबै पदमा…

सम्बन्धित सामग्री

नेपाली सेनाले माग्यो ३ हजार ४ सय बढी जनशक्ति

काठमाडौं, मंसिर ८ । नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले आज एक सूचना प्रकाशित गर्दै ती पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने जनाएको हो। सेनाले दरखास्त मागेका पदहरूमा सैन्य पद, सफाइकर्मी, चर्मकर्मी, सूचिकार, लोहाकार, केशकर्तक, मालीलगायत छन्। उल्लेखित पदमा काम गर्न इच्छुक र योग्यता […]

सेनाले रोप्यो दुई हजार बिरुवा

भोजपुर– वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार ६ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो । सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो । यहाँ तेजपत्ता मसलालगायत बरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियानअन्तर्गत जिल्लाभर […]

१५ हजार ८ सय फिटमा बिरामी परेका ५ जनालाई सेनाले उद्धार गर्‍याे

काठमाण्डाै – नेपाली सेनाले हुम्लाकाे चण्डी हिमालकाे आधार शिविरबाट बिरामी परेका तीन विदेशीसहित पाँच जनाकाे हेलिकप्टरबाट उद्धार गरेकाे छ ।  पश्चिम एअर बेसबाट खटिएकाे सेनाकाे टाेलीले समुद्री सतहबाट १५ हजार आठ सय फिट (चार हजार आठ सय १५ मिटर) मा रहेकाे चण्डी हिमालकाे आधार शिविरमा बिरामी परेका पाँच जनालाई उद्धार गरेकाे हाे । उद्धार गरेकामध्ये दुई जनालाई सिमिकाेट र तीन जनालाई नेपालगञ्ज पुर्‍याइएकाे सेनाले जनाएकाे छ ।

सोमालियाको सेनाले अल–शबाबका २१ जना लडाकूलाई मारे

सोमालीयाली सेनाले गरेको अथक प्रयासको कारण गत हप्ता अल–शबाब समूहका करिब दुई सय सदस्यको मृत्यु भएको मन्त्रालयले जनाएको छ।...

भारतीय सेनाले जम्मु कश्मीर र लद्दाखका ६ सय विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ- जम्मु कश्मीर र लद्दाखमा विभिन्न विद्यालयहरु सञ्चालन गर्दै आएको भारतीय सेनाले त्यहाँका ६ सय विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । भारतीय अनलाइन सञ्चारमाध्यम द प्रिन्टका अनुसार यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतका यी दुई युनियन टेरिटरीका ६ सय विद्यार्थीहरुलाई मुलुकका अन्य स्थानमा विश्वविद्यालय स्तरको शिक्षा प्रदान गरिनेछ । भारतीय सेनाको उत्तरी कमाण्डले सन् २०२१ […]

सेनाले सशस्त्रलाई १० हजार थान इन्सास राइफल दिने

सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान इन्सास राइफल दिने भएको छ । आइतबार यस सम्बन्धमा दुई सुरक्षा निकायबीच सम्झौता हुँदै छ ।  गत बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सशस्त्रलाई  हतियार दिन...

सेनाले दियो प्रहरीलाई ३ सय नाल राइफल र मेसिन गन

काठमाडौं।नेपाली सेनाले आज राइफल–मेसिन गन ३ सय नाल तथा सोको एम्युनिशन र सम्बन्धित सामाग्री नेपाल प्रहरीलाई दिएको छ।सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच आज प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ती हतियार हस्तान्तरण गरेका हुन्।नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनको लागि दिइएको सेनाले जनाएको छ।

सेनाले माग्यो २ सय रिक्त अधिकृत पदमा भर्ना आवेदन [सूचीसहित]

नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट पदमा प्रतिष्पर्धाबाट पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । भर्ना सम्बन्धि विज्ञापन नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np मा पनि हेर्न सकिने सेनाले जनाएको छ । खुलातर्फ १ सय ५ र समावेशीतर्फ ९५ गरी सेनाले जम्मा २ सय अधिकृत क्याडेटमा भर्ना खोलेको हो । हेर्नुहोस् सूची -

सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरी ४ सय १० जनालाई दियो स्वास्थ्य सेवा

नेपाली सेनाले बारामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय १० जना सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । सेनाको श्री नं. २८ बाहिनी अड्डा र श्री नं. २८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा बाराको करैयामाई गाउँपालिका- ७ जनता माविको प्रांगणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । शिविरमा १ सय ९५ महिला, १ सय ३१ पुरुष तथा ७६ बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सेना र नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले जेनरल ओपीडी तथा डेन्टल शिविर सञ्चालन गरिएको निर्देशनालयले...