काठमाण्डाै – नेपाली सेनाले सशस्त्र प्रहरीलाई झन्डै ६ सय थान हतियार उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल पाँच सय वटा र अन्य राइफल ९० थान गरी पाँच सय ९० थान हतियार प्रदान गर्नुभयो । सेनाले हतियारको साथमा हतियारमा लाग्ने विभिन्न सामग्री पनि प्रदान गरेको छ ।
गएको चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्तिको सुरक्षा, कार्यालय सुरक्षा र ठूला कार्यक्रम सञ्चालन गर्नका ल...