काठमाण्डाै – नेपाली सेनाले हुम्लाकाे चण्डी हिमालकाे आधार शिविरबाट बिरामी परेका तीन विदेशीसहित पाँच जनाकाे हेलिकप्टरबाट उद्धार गरेकाे छ ।
पश्चिम एअर बेसबाट खटिएकाे सेनाकाे टाेलीले समुद्री सतहबाट १५ हजार आठ सय फिट (चार हजार आठ सय १५ मिटर) मा रहेकाे चण्डी हिमालकाे आधार शिविरमा बिरामी परेका पाँच जनालाई उद्धार गरेकाे हाे । उद्धार गरेकामध्ये दुई जनालाई सिमिकाेट र तीन जनालाई नेपालगञ्ज पुर्याइएकाे सेनाले जनाएकाे छ ।