लमजुङमा एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै दुई करोड भन्दा बढी राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको श्रावणदेखि असारसम्म राहदानी सेवा प्रवाहबाट मात्रै दुई करोड ६७ लाख ९३ हजार रुपियाँ राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।कार्यालयले एक आर्थिक वर्षमा करिब तीन करोड रुपैयाँ राजश्व सङ्कलन गरेको समेत मिश्रले बताए । आर्थिक वर्ष ०७८/७९ मा विभिन्न शीर्षकमा दुई करोड ८७ लाख २७ हजार दुई सय ५३ रुपैयाँ राजश्व सङ्कलन गरेको