२८ करोड ३५ लाखमा सिंचाइ योजना निर्माण

गणेश घिमिरे, इलाम । जिल्लाको चुलाचुली गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा सिंचाई सुविधा उपलव्ध गराउने उद्देश्यले रतुवा खोला सिंचाई योजना निर्माण सम्पन्न भएको छ । सिंचाई विकास डिभिजन कार्यालय इलाममार्फत रतुवा खोलामा बाँध निर्माण गरी चुलाचुलीका तीनवटै वडामा चार सय ५० हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन उक्त योजना निर्माण गरिएको […]

सम्बन्धित सामग्री

तिलामा १६१ योजना निर्माण

जुम्लाको तिला गाउँपालिका भौतिक पूर्वाधार विकासमा अब्बल देखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये तिला पूर्वाधार विकासमा अब्बल देखिएको हो । तिलाले आफ्नै दुईवटा प्रशासकीय भवन निर्माण गरेको छ । एउटा व्यावसायिक प्रयोजनले बनाएको भवन निर्माण सम्पन्न भएको छ भने नयाँ भवन अन्तिम चरणमा छ । संघीय विशेष तथा समपुरक अनुदान अन्तर्गतको आठ करोड दुई […]

जिल्लाकै गौरव चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न, २२० परिवार लाभान्वित

चैत २५, अर्घाखाँची । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।  छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको छ ।   सिँचाइ आयोजनाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गरे । सिँचाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री रानाले सबै कृषकलाई व्यावसायिकरुपमा कृषि कर्ममा लाग्न आग्रह गरे । उनले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाको स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिए ।  सिँचाइ योजनाबाट २२० परिवारका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लम्बाइको सिँचाइ योजना रू. आठ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।  विसं २०४३ देखि कुलो निर्माणका लागि स्थानीयले माग गर्दै आएपनि  ३६ वर्षपछि माग पूरा भएको छ । रासस

१९ करोड खर्चेर २३३ योजना निर्माण

जुम्लाको पातारासी गाउँपालिकाले गत आर्थिक वर्षमा २ सय ३३ वटा योजना निर्माण गरेको छ । आव २०७७÷०७८ मा पुँजीगततर्फ विनियोजित २३ करोड ५८ लाखमध्ये १९ करोड १८ लाख खर्चेर पालिकाका ७ वटा वडामा २ सय ३३ वटा योजना निर्माण भएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।उनका अनुसार गत आवमा छनोट भएका २ […]

चुँदरे खानेपानी योजना सम्पन्न

तनहुँ, १५ असोज: रोटरी क्लब अफ दमौलीका सहयोगमा व्यास नगरपालिका–५ चुँदरेमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । सो योजनाबाट नेपालटारका २२९ घरघुरीका करिब एक हजार १०८ प्रत्यक्ष लाभान्वित भएका छन् । रु एक करोड १६ लाख ४० हजार २०० को लागतमा सो आयोजना सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाको कूल लागतमध्ये रु ८४ […]

खानेपानी सिँचाइ र ऊर्जामा २६ करोड खर्च, ९९ योजना निर्माण

जुम्लामा खानेपानी सिंँचाइ तथा ऊर्जा विकासको क्षेत्रमा करिब २६ करोड बढी बजेट खर्च भएको छ । खानेपानी सिँंचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन बजेटको ८६ दशमल ९ प्रतिशत अर्थात् २६ करोड ५५ लाख ४५ हजार रुपैयाँ सिँचाइ खानेपानी तथा ऊर्जा विकासको क्षेत्रमा खर्च गरेको छ । कार्यालयलाई गत आवमा […]

रसुवामा नमूना सिँचाइ योजना निर्माण

रसुव । रसुवाको कालिका गाउँपालिका अन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँमा नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ निर्माण भएको छ । दीर्घकालीन कृषि रणनीतिको मर्म र भावनालाई आत्मसात् गर्दै खानेपानीका धाराबाट खेर जाने पानीसमेत सदुपयोग गर्दै सिँचाइ व्यवस्थापन गरिएको छ । २४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्‍याई कृषि उत्पादनमा आत्मनिर्भर गराउने उद्देश्यले संघीय सरकारको अनुदानमा सबडिभिजन सिँचाइ कार्यालय रसुवामार्फत पाइपद्वारा सिँचाइका संरचना निर्माण गरिएको हो । सौरेनी खोला मुहान गरी निर्माण गरिएको सिँचाइबाट भदौरे गाउँका २४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्‍याइँदै छ । यससँगै कोदो रोप्ने स्थानमा धान रोप्ने तयारी भएको छ । उक्त सिँचाइ योजनाबाट ५२ घरधुरीका २७० स्थानीयवासी लाभान्वित भएका छन् ।       हिउँद तथा वर्षा दुवै समयमा सिँचाइ सुविधाको सहजता ल्याउन ६० हजार लिटरको एक रिजर्भ र गाउँ टोलटोलका खानेपानी धाराबाट खेर गइरहेको पानी संकलनका लागि पाँच/पाँच हजार लिटर क्षमताका ४८ ओटा संकलन ट्यांकी निर्माण गरिएको सबडिभिजन सिँचाइ प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी दिए । उक्त सिँचाइका लागि एक हजार २०० मिटर मुख्य एवं खेतीयोग्य जमीनमा लैजान शाखा लाइनका पाइप खरिद तथा ट्यांकीसमेतका संरचना निर्माणमा १ करोड हाराहारीमा खर्च भएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेलले बताए । वर्षा कमी भएको समयमा कोदोको बोटसमेत सुक्ने भदौरे क्षेत्रका जमीनमा वर्षायाममा धानका बाला झुलाउन र हिउँदयाममा तरकारीबाट आयआर्जन बढाउन सिँचाइ सुविधा सहज हुने भएको छ । पहिला निर्माण भएको सिँचाइ संरचना २०७२ को भूकम्पले क्षति पु¥याएको र वर्तमान अवस्थामा निर्माण भएका सिँचाइ संरचना दिगो एवं आम किसानमाझ लाभदायी हुँदै गएको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले बताए । रासस

रसुवामा ७ करोडको लगानीमा लिफ्टिङ सिँचाइ योजना बन्ने

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–४, पाटीखर्कमा लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने भएको छ । त्यस क्षेत्रमा अहिले तीनवटा सिँचाइ योजना सञ्चालनमा रहे पनि प्रभावकारी नभएका कारण नयाँ सिँचाइ योजना निर्माण गर्न लागिएको हो । तीनवटा सिँचाइको मुहान एउटै भएका कारण हिउँदमा सिँचाइ गर्न समस्या हुँदै आएको छ । एकीकृत ऊर्जा सिँचाइ विशेष कार्यक्रम अन्तर्गत सिँचाइ योजना निर्माण हुन लागेको जलश्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ का लागि ७ करोड बजेट समेत विनियोजन भइस...

प्रदेश गौरवको योजना निर्माण ठप्प

बैतडी । सुदूरपश्चिम प्रदेश गौरव योजनाको रूपमा रहेको बैतडीको एक मात्र सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ । योजनामा काम गर्ने कामदार नपाइएको र निर्माण सामग्री महँगो भएकाले सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो । जिल्लाको सतबाँझबाट साढे ६ किलोमिटर कालोपत्र गर्न थालिएको उक्त सडकखण्डमा कोरोनाका कारण काम अघि बढाउन नसकिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले बताए । यस्तै सोही खण्डको श्रीभावरबाट हाटसम्मको साढे ८ किलोमिटर कालोपत्र गर्ने काममा समेत बाधा पुगेको उनको भनाइ छ । ‘कोरोनाका कारण कामदार पाउनै मुश्किल छ, निर्माण कम्पनीले काम गर्न सहज नभएको बताएका छन्,’ उनले भने ।       चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्र गर्न ठेक्का सम्झौता गरेर गत साउनदेखि काम अघि बढाएको थियो । स्तरोन्नति कार्यको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराले गरेका थिए । गतवर्ष पनि निषेधाज्ञाकै कारणले ढिला गरी सडक स्तरोन्नति शुरू भएको थियो । सतबाँझबाट साढे ६ किलोमिटर स्तरोन्नति गर्न १२ करोड र श्रीभावरबाट हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतिका लागि १७ करोड रुपैयाँमा सम्झौता भएको हो । तीन वर्षभित्र काम सक्ने लक्ष्यसहित निर्माण कम्पनीसँग सम्झौता भएको भए पनि समयमै सम्पन्न हुने सम्भावना कम रहेको बताइएको छ । प्रदेश गौरवको योजनाअन्तर्गत सतबाँझ–श्रीभावर–हाट सडकको स्तरोन्नति गर्ने काम सम्पन्न भएपछि यो सडकले नागरिकको जीवनस्तर सुधारमा टेवा पुग्ने सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले बताए । ‘यो सडक हाम्रै गाउँपालिका भएर स्तारोन्नति भइरहेको छ,’ उनले भने, ‘सडक निर्माण भएपछि ग्रामीण अर्थतन्त्रमा सुधार आउने विश्वास छ ।’ तत्कालीन जिल्ला विकास समितिले २०५५ सालमा ‘ट्र्याक ओपन’ गरेको यस सडक दुई दशकपछि प्रदेश सरकारको गौरवको योजनामा परेको हो । कोरोनाका कारण प्रदेश गौरवको उक्त योजनाका साथै अन्य सडक निर्माणलगायत विकास निर्माणका काममा ठूलो बाधा पुगेको पूर्वाधार विकास कार्यालय बैतडीले बताएको छ । कोरोना कहरले अन्य बहुवर्षीय योजनाको काम समयमै सम्पन्न गर्न ढिलाइ हुने देखिएको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जोशीले बताए । जिल्लामा चालू आर्थिक वर्षमा ५५ ओटा सडक निर्माणका काम भइरहेका भए पनि कोरोनाका कारण योजना प्रभावित भएको बताइएको छ । जिल्लामा सञ्चालित अन्य ठूला योजनासमेत कोरोनाले प्रभावित भएका हुन् । पाटन–पञ्चेश्वर, सिल्लेगडा–कटौजपानी, खोचलेक–सित्तड–रीम–डिलाशैनी, देहीमाडौं–गिरेगडा,  गन्ना–गनैखानलगायतका ठूला योजना बढी प्रभावित भएका कार्यालयले बताएको छ । रासस

पञ्चेश्वर गाउँपालिकामा साढे तीन करोडको खानेपानी योजना निर्माण सम्पन्न

जेठ २४, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा साढे तीन करोडभन्दा बढीका खानेपानी योजना सम्पन्न भएका छन् ।  चालू आर्थिक वर्षभित्र गाउँपालिकाका चार, पाँच र छ नम्बर वडामा ३ करोड ५५ लाख ५५ हजार ५८४ लागतमा चार ओटा खानेपानी योजना सम्पन्न भएका छन् । अझै प्रदेश र संघबाट सञ्चालन भएका योजना सम्पन्न हुने तयारीमा छन् । गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा सो योजनाहरु सम्पन्न गरिएका परियोजनाले बताएको छ । परियोजना नेपाल सरकारमार्फत सञ्चालन गरिएको हो । सम्पन्न गरिएका खानेपानी योजनामा सोलार लिफ्ट प्रविधि र सिधै मुलबाट पनि ल्याइएको छ ।  यि योजनाबाट तीन वडाका २७८ घरपरिवार लभान्वित भएका छन् । घरपरिवार बाहेक गाउँपालिकाको कार्यालय, एक विद्यालय र एक स्वास्थ्य चौकीमा पनि सार्वजनिक धारा र सिँचाई धारा, सिँचाई पोखरी निर्माण गरिएको परियोजनाले जानकारी दिएको छ । जनसंख्याको अधारमा कुनै योजनाबाट एक घर एक धारा त कुनै योजनाबाट सार्वजनिक धारा निर्माण गरिएको छ ।  यस परियोजनालाई फिनल्यान्ड सरकारले पनि अर्थिक सहयोग गरिरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना बैतडीका प्राविधिक दीर्घ पाण्डेले बताए । उनले भने ‘चारओटै योजना नेपाल सरकार, फिनल्याण्ड सरकार, गाउँपालिका र उपभोक्ताको जनश्रमदानबाट निर्माण गरिएका छन्’ । गाउँपालिका नजिकै महाकाली नदी बगरिहे पनि याहाँका जनातालाई खानेपानीको अभाव थियो । जनताको यहि अभावलाई हटाउनको लागि गाउँपालिका लागिरहेको छ । गाउँपालिकाले गाउँपालिका भित्र स्वच्छ खानेपानी पुयाउन गाउँपालिकामार्फत सम्पन्न गर्न सकिने योजनालाई गाउँपालिकाले निर्माण गरेको र बाँकी ठूला योजनाको लागि प्रदेश, संघ र विभिन्न संघ सस्थामार्फत सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष गोरख बहदुर चन्दले बताए । अहिले गाउँपालिकाका सबै वडमा प्रदेश, केन्द्र र गाउँपालिकामार्फत पनि योजना सञ्चालन भइरहेको गाउँपालिकाले बताएको छ । धेरै ठाउँमा योजना सम्पन्न भइसकेका छन् । गाउँपालिका भित्रका ८० प्रतिशत जनता स्वच्छ खानेपानीको पहुँचमा रहेको गाउँपालिकाले बताएको छ । गाउँपालिकामा छरिएर बसेका घरधुरी र स्वच्छ खानेपानीको पहँुचबाट टाँढा रहेका घरधुरीलाई स्वच्छ सफा खानेपानीको व्यवस्था गर्ने उद्देश्यले योजना सम्पन्न गरिएको योजनाले बताएको छ । पुराना पानीका मुल सुकेर पनि अहिले गाउँपालिकाका जनतालाई खानेपानीको समस्या भएको देखिएको स्थानीय बताउँछन् । गाउँपालिकाले नयाँ योजना निर्माणका सँगसँगै पुराना पानीका मुहानलाई संरक्षण गर्न नसके भाबी दिनमा महाकाली नदी बाहेक अरु सबै मुहान सुकेर जाने स्थानीयको भनाइ छ । अहिले गाउँपालिकाको पुराना मुहान संरक्षणभन्दा पनि नयाँ योजना निर्माणमा बढि ध्यान गएको पाइन्छ । पञ्चेश्वर मात्र नभएर जिल्लाका अरु स्थानिय तहको पनि यहि अवस्था रहेको छ ।