खानेपानी सिँचाइ र ऊर्जामा २६ करोड खर्च, ९९ योजना निर्माण

जुम्लामा खानेपानी सिंँचाइ तथा ऊर्जा विकासको क्षेत्रमा करिब २६ करोड बढी बजेट खर्च भएको छ । खानेपानी सिँंचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन बजेटको ८६ दशमल ९ प्रतिशत अर्थात् २६ करोड ५५ लाख ४५ हजार रुपैयाँ सिँचाइ खानेपानी तथा ऊर्जा विकासको क्षेत्रमा खर्च गरेको छ । कार्यालयलाई गत आवमा […]

सम्बन्धित सामग्री

४७ वटा खानेपानी तथा सिँचाइ योजना निर्माण हुँदै

खानेपानी तथा सिँचाइको पहुँचमा नपुगेका जाजरकोटका सातवटा स्थानीय तहमा ४७ वटा नयाँ खानेपानीका योजना निर्माण कार्य भइरहेका छन् । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र संघीय सरकारले विनियोजित रकमबाट उक्त योजना निर्माण हुन लागेका हुन् । ६ वटा सिँचाइ योजना र १७ वटा खानेपानीका योजना निर्माण कार्य जारी रहेको खानेपानी सिँचाइ तथा ऊर्जा […]

खानेपानी, सिचाँइ र नदी नियन्त्रणका १८१ योजना निर्माण

जुम्लामा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा विकासका झण्डै १ सय ८१ भन्दा बढी योजना निर्माण सम्पन्न भएका छन् । खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले गत आव २०७८/०७९ मा १ सय ८१ वटा योजना निर्माण सम्पन्न गरेको हो ।कुल २ सय २३ वटा योजनामध्य चालू आवमा लक्ष्यअनुसार काम भएका १ सय ८१ वटा […]

खानेपानी समस्या : दीर्घकालीन योजना बनाउन सुझाव

मधेश प्रदेश सरकारले शुक्रबार जलस्रोत विज्ञहरूसँग छलफल गरेको छ। लामो समयदेखि पानी नपरेपछि मधेश प्रदेशका केही जिल्लामा ग्राउन्ड वाटर लेभल घटेर चापाकलहरूमा पानी नआएपछि खानेपानीका लागि उत्पन्न समस्याको समाधान गर्ने विषयमा सो छलफल गरिएको हो। मधेश प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी विज्ञहरूले चुरेको दोहन र लामो समयदेखि पानी नपरेपछि ग्राउन्ड वाटर रिचार्ज नहुनुले यस प्रकारको समस्या आएको र यो झनै बढन सक्ने भन्दै समस्या समाधानका लागि मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी अघि बढनुपर्ने सुझाव दिनुभयो।

खानेपानीका चार दर्जन योजना

कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र सङ्घीय सरकारको बजेटबाट जाजरकोटमा ४७ वटा खानेपानी योजना निर्माण भइरहेको छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख ज्वालाराज शाहीका अनुसार यस वर्षका छवटा सिँचाइ योजना र १७ वटा खानेपानीका योजना निर्माण जारी छ। अघिल्लो वर्षका अधुरा १२ वटा सिँचाइ योजनासमेत यसै आर्थिक वर्षमा पूरा गर्ने गरी काम भइरहेको छ। अघिल्लो वर्षको अधुरा योजना पूरा भएमा जाजरकोटका अधिकांश ठाउँमा सिँचाइ तथा खानेपानीको सुविधा पुग्नेछ।