राष्ट्रिय सभा सदस्य विमला घिमिरे राष्ट्रपति विद्यादेवी भण्डारीप्रति लगाइएका भ्रमपूर्ण आरोप र प्रयोग गरिएका शब्दहरूप्रति खेद प्रकट गरेकी छन् । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा घिमिरेले यथार्थ कुरा जनतालाई बुझाउने आफ्नो दायित्व भएको भन्दै यस्तो बताएकी हुन् ।परमादेशका माध्यमबाट सरकार प्रमुख तोक्नु, दलीय व्यवस्थामा दलको ह्वीप लाग्दैन भन्नु, दुनियाँको इतिहासमा नभएको अभ्यास गरिएको बताइन् । आफ्नो चिन्ता कोही व्यक्ति सिंहदरबार छिर्नु र बाहिरिनु नभएको भन्दै उनले जनताले वर्षौँसम्म व्यवस्थाका निम्