काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँच बुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रधानमन्त्री दाहाललाई सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो । संघीय सरकार गठनमा पार्टीको समर्थन रहे पनि सुदूरपश्चिमको प्रदेश सरकार गठनका लागि आफ्ना माग पूरा नभएसम्म सहभागी नहुने र समर्थन […]