१३ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूहरुलाई चाहिने अनलाइनखबरलाई बताएकी छन् । ‘सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारको नेतृत्व गर्न तयार छ । हाम्रो माग मुख्यमन्त्री दाबी रहन्छ’ उनले भनिन् । सुदूरपश्चिम प्रदेशसभामा भने नागरिक उन्मुक्ति पार्टी सरकार निर्माणका लागि निर्णायक छ […]