२४ पुस, धनगढी। नेपाली कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने गरी सत्ता साझेदारीको प्रस्ताव गरेको छ । सुदूरपश्चिममा नेकपा एमाले–माओवादी केन्द्रसहितको सरकार बन्न नदिन कांग्रेसले प्रदेशसभामा सरकार निर्माणका लागि निर्णायक रहेको नागरिक उन्मुक्तिसँग छलफल अघि बढाएको हो । ‘हामीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा पनि सरकारमा सहभागी हुन सकिन्छ, मुख्यमन्त्री लिनुस् बाँकी पदहरुमा नेकपा एकीकृत […]